Logo

शुक्रवार, मंसिर १६ गते २०७९

ओलीविरुद्ध बाबुरामको अभियान- 'सुध्रिन्छ भन्नु र अन्तिम चरणमा क्यान्सरकाे रोगी बाँच्छ भन्नु उस्तै हो'

ओलीविरुद्ध बाबुरामको अभियान- 'सुध्रिन्छ भन्नु र अन्तिम चरणमा क्यान्सरकाे रोगी बाँच्छ भन्नु उस्तै हो'

नेपालपाना श्रावण २७ २०७८
  • 7.6K
    SHARES
  • ओलीविरुद्ध बाबुरामको अभियान- 'सुध्रिन्छ भन्नु र अन्तिम चरणमा क्यान्सरकाे रोगी बाँच्छ भन्नु उस्तै हो'

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागि परेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले फेरि आलोचना गरेका छन् ।

    निर्वतमान प्रधानमन्त्री समेत रहेका ओलीको प्रवृत्ति एउटा पार्टीको मात्र नभएर सिंगै देश र लोकतन्त्रका निम्ति खतरा भएको भन्दै नेता भट्टराईले आलोचना गरेका हुन् ।

    नेता भट्टराईले ओलीप्रवृति सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बाँच्छ भन्नु उस्तै भ्रम हो भन्दै कडा प्रहार गरेका हुन् ।

    ‘ओली प्रवृत्ति यौटा पार्टीको आन्तरिक मुद्दा मात्र नभएर सम्पूर्ण देश र लोकतन्त्र निम्ति खतरा र साझा मुद्दा हो। यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो,’नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो सच्चिन्छरसुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बाँच्छ भन्नु उस्तै भ्रम हो। सबैको चेत खुलोस!’

    लामो समयदेखि नेता भट्टराई एमाले अध्यक्ष ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत विरोधी अभियानकै रुपमा लागि परेका थिए । यो पछिल्लो टिप्पणी त्यसैको निरन्तरता देखिन्छ ।

    श्रावण २७, २०७८ बुधवार २०:५१:२० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend