Logo

आइतवार, मंसिर १८ गते २०७९

भारतीय सेनाद्वारा जनाव मकबुल शेरवानीप्रति श्रद्धाञ्जली अपर्ण

भारतीय सेनाद्वारा जनाव मकबुल शेरवानीप्रति श्रद्धाञ्जली अपर्ण

नेपालपाना श्रावण २८ २०७८
  • 6.8K
    SHARES
  • भारतीय सेनाद्वारा जनाव मकबुल शेरवानीप्रति श्रद्धाञ्जली अपर्ण

    नयाँ दिल्ली । भारतीय सेनाले कश्मीरी युवा जनाब मकबूल शेरवानीको लागि श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । पाकिस्तानी आक्रमणकारीहरूलाई प्रतिरोध गर्न सफल भएका शेरवानीको पछि आक्रमणकै क्रममा मृत्यु भएको थियो । 

    भारतीय सेनाले बिहीबार उरी ःमुजफ्फराबाद राजमार्गमा श्रीनगरको लागि पाकिस्तानबाट आक्रमणकारीहरूको रोक्ने कश्मीरी युवक जनाब मकबूल शेरवानीको अन्त्येष्टी स्थलमा नै उक्त श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । 

    पाकिस्तानी आक्रमणकारीहरु निर्दोष मानिसहरूलाई लुट्ने, छापा मार्ने र हत्या गर्ने काममा संलग्न थिए । उनीहरुलाई शेरबानीले प्रतिरोध गर्दै असफल पारेका थिए । भारतीय सेनाले पनि शेरवानीको अन्त्येष्टी स्थलमा स्मृति सभा आयोजना गर्दै फूल अपर्ण गरेका थिए । 

    एक प्रेस विज्ञप्ति अनुसार उनले श्रीनगर विमानस्थलतर्फ मार्गनिर्देशन लिन आग्रह गर्दा उनले सफलतापूर्वक आक्रमणकारीहरूलाई प्रतिवाद गरेका थिए ।

    जनाब शेरवानी र उनका स्वयंसेवकहरूले सैन्य प्रशिक्षण नभएको विभिन्न समुदायलाई समेटेर सडक अवरुद्ध पार्दै र ध्वस्त पूलहरू स्थापना गरेका थिए । उनले काश्मीरलाई सुरक्षित बनाउन ठूलो भूमिका खेलेका थिए । 

    बहादुर योद्धालाई आक्रमणकारीहरूले समातेका थिए र उनको शरीरलाई टुक्रा टुक्रा पारेर क्रूसमा टाँगेको थियो । उनको शव किलामा टाँगेर गोली हानीएको थियो । 

    भारतीय सेनाले बहादुर योद्धालाई उच्च कदर गर्दै उक्त शव तल झारेको थियो । उनको मृत्युको दुई हप्तापछि महात्मा गान्धीले दिल्लीमा एक स्मृति सभाको आयोजना गरेका थिए ।

    श्रावण २८, २०७८ बिहिवार ०९:५०:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारतीय सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend