Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

चीनले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने कांग्रेसको प्रस्ताव प्रचण्डले मानेनन्, फिर्ता ल्याउन देउवा एक्लै अघि बढे

चीनले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने कांग्रेसको प्रस्ताव प्रचण्डले मानेनन्, फिर्ता ल्याउन देउवा एक्लै अघि बढे

नेपालपाना श्रावण २८ २०७८
  • 34.7K
    SHARES
  • चीनले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने कांग्रेसको प्रस्ताव प्रचण्डले मानेनन्, फिर्ता ल्याउन देउवा एक्लै अघि बढे

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले हुम्लाको नाम्खा गाउँपालिका लिमीमा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने कांग्रेसको प्रस्ताव अस्विकार गरेका छन् ।

    गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा कांग्रेसले चीनले हुम्लामा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन चीनसँग कुटनीतिक पहल गर्ने भनेर राख्न खोजेको थियो । तर पछिल्लो चीनको सामिप्यमा पुगेका प्रचण्डले त्यसलाई राख्न मानेनन् ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय साझा न्यूनतम कार्यक्रममा राख्न प्रचण्डले नमानेको जानकारी दिएका हुन् ।

    बैठकमा उपसभापति विमेन्द्र निधि, नेता जीवनबहादुर शाहीले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय किन नपरेको भनेर प्रश्न उठाएका थिए ।

    जवाफमा देउवाले राख्न खोजेको तर प्रचण्डले नमानेको बताए । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे पनि केही उल्लेख नगरिएको देउवाले स्पष्ट पारे ।

    हुम्लामा भएको चिनियाँ अतिक्रमणको कांग्रेस पार्टीका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा स्थलगत अध्ययन गरेर चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएको निष्कर्ष निकालेर प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

    तर तत्कालीन सरकारले नमिचिएको भनेर चीनको बचाउ गरेको थियो । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि चीनको विषय उठेको हो ।

    बैठकमा सहभागी नेता शाहीले चीनले सीमा मिचिएको प्रष्ट देखिएको भन्दै तथ्य झुटो सावित भए राजनीति छोड्ने घोषणा गरे ।

    सरकारको कार्यक्रममा राख्न प्रचण्डले नमानेको भन्दै प्रधानमन्त्री देउवाले आफूले कुटनीतिक रुपमा कुराकानी अघि बढाउने प्रतिबद्धता जनाए ।

    यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने उनको भनाई थियो ।

    श्रावण २८, २०७८ बिहिवार ११:५१:३९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend