Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

अन्तत: सभामुख सापकोटा पनि एमसीसीको पक्षमा, प्रधानमन्त्रीलाई भने, ‘प्रचण्डलाई कन्भिन्स गर्नुस्’

अन्तत: सभामुख सापकोटा पनि एमसीसीको पक्षमा, प्रधानमन्त्रीलाई भने, ‘प्रचण्डलाई कन्भिन्स गर्नुस्’

नेपालपाना श्रावण २८ २०७८
  • 6.0K
    SHARES
  • अन्तत: सभामुख सापकोटा पनि एमसीसीको पक्षमा, प्रधानमन्त्रीलाई भने, ‘प्रचण्डलाई कन्भिन्स गर्नुस्’

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अघि बढाउन तयार भएका छन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको पछिल्लो भेटमा सभामुख सापकोटाले सबैको सहमति भए आफू बाधक नबन्ने स्पष्ट पारेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार भेटमा सभामुख सापकोटाले प्रधानमन्त्री देउवालाई माओवादी अध्यक्ष प्रचण्डलाई कन्भिन्स गर्न सुझाएका थिए । आफ्नो तर्फबाट कुनै रोकटोक नहुने सापकोटाको भनाई थियो । एमसीसीमा माओवादी अध्यक्ष प्रचण्ड अझै पूर्ण रुपमा कन्भिन्स हुन सकेका छैनन् । उनकै कारण साझा कार्यक्रममा एमसीसी परेन । तर अहिलेको सत्ता गठबन्धन एमसीसी अघि बढाउने शर्तमा बनेको र त्यसैका लागि देउवा तयार भएका थिए ।  

    यता सभामुख सापकोटाले पनि बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने आफूले चाहेको बताएका थिए । ‘एमसीसी अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय छ,’ सापकोटाले भनेका थिए ।

    सापकोटाले सके राष्ट्रियस्तरमै सहमति हुनुपर्ने, नसके संसदमा भएका दलहरुबिच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबिच सहमति हुनुपर्ने भनेर एमसीसीमा आफ्नो हदैसम्मको लचकता देखाए ।

    श्रावण २८, २०७८ बिहिवार १४:२५:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सभामुख सापकोटा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana