Logo

शुक्रवार, मंसिर १६ गते २०७९

‘शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण’

‘शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण’

नेपालपाना श्रावण २८ २०७८
  • 7.6K
    SHARES
  • ‘शान्ति सुरक्षा कायम राख्न नागरिकको भूमिका महत्वपूर्ण’

    इनरुवा। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षाका लागि नागरिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । 

    सुनसरी सदरमुकाम इनरुवामा आज जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक थापाले नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक हुन्छ भने । 

    सुरक्षा अभियान प्रहरी र जनताको सहकार्यको परिणाम भएको भन्दै सुरक्षा संवेदनशीलताप्रति सबै नागरिक गम्भीर भएको खण्डमा कार्य सम्पादन गर्न नेपाल प्रहरीलाई सहज हुने प्रहरी महानिरीक्षक क्षेत्रीको भनाइ छ । 

    रु नौ करोड ३६ लाख ६७ हजार १२० मा कार्यालयसहित हिरासत, ब्यारेक, नागरिक सहायता कक्षलगायत संरचना निर्माण गरिएको सुनसरीका प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए । 

    कार्यक्रममा भवन तथा संरचना निर्माणमा सहयोग पु¥याउने स्थानीय तहका प्रमुख लगायतलाई सम्मान गरिएको थियो । इनरुवा नगरपालिका प्रमुख राजन मेहता, कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारी, हरिनगरका प्रमुख गफार अन्सारी र बर्जु गाउँपालिका प्रमुख रघुनन्दन चौधरीलाई सम्मान गरिएको थियो ।

    श्रावण २८, २०७८ बिहिवार १९:३५:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend