Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

हुम्लामा मिचिएको भुमि फिर्ता ल्याउने प्रस्ताव प्रचण्डले गरे अस्विकार

हुम्लामा मिचिएको भुमि फिर्ता ल्याउने प्रस्ताव प्रचण्डले गरे अस्विकार

नेपालपाना श्रावण २८ २०७८
  • 8.9K
    SHARES
  • हुम्लामा मिचिएको भुमि फिर्ता ल्याउने प्रस्ताव प्रचण्डले गरे अस्विकार

    काठमाडौं।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण हुम्लामा मिचिएको भुमि फिर्ता ल्याउन पहल चाल्ने प्रस्ताव रोकिएको छ । स्रोतका अनुसार गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा हुम्लामा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन चीनसँग कुटनीतिक पहल गर्ने प्रस्ताव राख्ने तयारी भएको थियो ।

    चीनले हुम्लाको नाम्खा गाउँपालिका लिमीमा अतिक्रमण गरेको भनिएको नेपाली भूमि फिर्ता ल्याउने प्रस्ताव साझा कार्यक्रममा राख्ने बिषयमा जसपाले कुनै प्रतिक्रिया नदिएको तर प्रचण्डले भने सो प्रस्तावलाई सिधै अस्विकार गरेको पाइएको हो ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा सो प्रस्ताव प्रचण्डका कारण हटाउनु परेको जानकारी दिएको बताइएको छ ।

    बैठकमा कांग्रेस उपसभापति विमेन्द्र निधिले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय किन नराखेको भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले आफूले चाहँदा चाहँदै प्रचण्डका कारण राख्न नसकेको बताएका हुन् ।

    श्रावण २८, २०७८ बिहिवार १९:५८:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend