Logo

शनिवार, मंसिर १८ गते २०७८

images

भारत र अमेरिका सम्बन्ध इन्डो प्यासिफिकमा स्थिरताका लागि निकै महत्वपूर्ण : ब्लिन्केन

भारत र अमेरिका सम्बन्ध इन्डो प्यासिफिकमा स्थिरताका लागि निकै महत्वपूर्ण : ब्लिन्केन

नेपालपाना श्रावण २९ २०७८
  • 4.9K
    SHARES
  • भारत र अमेरिका सम्बन्ध इन्डो प्यासिफिकमा स्थिरताका लागि निकै महत्वपूर्ण : ब्लिन्केन

    नयाँ दिल्ली । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भारत र अमेरिकाको साझेदारी हिन्द-प्रशान्त क्षेत्रको स्थिरता र समृद्धिका लागि निकै महत्वपूर्ण भएको बताएका छन् ।

    उनले विश्वलाई लोकतन्त्रको उदाहरण पेश गर्नका लागि विश्वकै ठूला लोकतान्त्रिक मुलुकहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् ।

    आफ्नो भारतीय समकक्षी एस जयशंकरसंग संयुक्त प्रेस सम्मेलनलाई सम्बोधन गर्दै भारत भ्रमणमा रहेका अमेरिकी शीर्ष कूटनीतिज्ञले भारत र अमेरिका बीचको सम्बन्धभन्दा महत्वपूर्ण सम्बन्धहरु संसारमा धेरै कम भएको टिप्पणी गरेका छन् ।

    हामी विश्व दुई अग्रणी प्रजातन्त्र र विविधता भएका मुलुकहरुको राष्ट्रिय शक्तिलाई एकठाउँमा राखेर अन्य क्षेत्रमा शान्ति र लाकतन्त्रलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

    उनले भने, "संयुक्त राज्य र भारतले गर्ने कार्यहरु २१ औं शताब्दी र त्यसपछिका व्यवस्थालाई आकार दिइरहेका छन्, यसैले भारतसँगको साझेदारीलाई बलियो बनाउनु अमेरिकाको विदेश नीति उच्च प्राथमिकता हो ।"

    ब्लिन्केनले अमेरिकी राष्ट्रपति जो बाइडेन भारत अमेरिका सम्बन्धलाई बलियो र प्रभावकारी बनाउनका लागि प्रतिबद्ध भएको बताएका छन् । "हामी दुनियाँको सबैभन्दा ठूलो अर्थव्यवस्था छौं ।

    भारतीय र अमेरिकी मानिसहरु लाखौं पारिवारिक सम्बन्धहरु बाट एकजुट छन्, साझा मूल्यहरु र साझा आकांक्षाहरु छन्," उनले भने । हामी विश्वास गर्छौं कि यो साझेदारी हिन्द प्रशान्त क्षेत्र र बाहिर पनी स्थिरता र समृद्धि प्रदान गर्न र विश्वलाई लोकतन्त्र कसरी उनीहरुको जनताको लागि लाभदायक हुन्छ भन्ने कुरा देखाउनका लागि पनि निकै महत्वपूर्ण छ ।

    बैठकमा जयशंकर र ब्लिन्केनले अफगानिस्तानलगायत क्षेत्रीय सुरक्षाका विषयमा छलफल गरेका छन् ।

    श्रावण २९, २०७८ शुक्रवार ०७:४२:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # अमेरिका

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana