Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

विशेष महाधिवेशनले युवा नेतृत्वको भविष्य माथि प्रहार हुने : जितजंग बस्नेत

विशेष महाधिवेशनले युवा नेतृत्वको भविष्य माथि प्रहार हुने : जितजंग बस्नेत

नेपालपाना श्रावण २९ २०७८
  • 5.5K
    SHARES
  • विशेष महाधिवेशनले युवा नेतृत्वको भविष्य माथि प्रहार हुने : जितजंग बस्नेत
    काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भण्डाफोर गरेका छन् । पौडेलसहित केही नेताले पार्टीको १४ औँ महाधिवेशनका विषयमा ‘विशेष महाधिवेशन’ भनेर हल्ला गरेपछि बस्नेतले उनीहरुको स्वार्थको भण्डाफोर गरेका हुन् ।
     
    अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल तरुण दलको कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले विशेष महाधिवेशनका नाममा युवाहरूको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिएका छन् । उनले समय सारेर भए पनि महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
     
    ‘विशेष महाधिवेश भन्ने कुरो वाहियात हो । बकमफुसे कुरा हो’, उनले भने, ‘भागबण्डामा खाने नेताहरू अधिवेशन नगर्ने अधिवेनलाई अझै दुई वर्ष लगेर भागबण्डामा खानेहरूका विरुद्धमा हामीहरू लाग्नुपर्छ ।’
     
    उनले भने, ‘कांग्रेसको महाधिवेशन ठीक समयमा हुनुपर्ने भन्ने हो । हामीले भदौमा गर्न सक्छौँ भने भदौमा गरौँ । नभए एक महिना, दुई महिना, तीन महिना, चार महिना कति महिना हुन्छ ? सारेर भए पनि गर्नुपर्छ ।’
     
    ‘विशेष अधिवेशन भन्ने खेल खेलेको छ । यो विशेष अधिवेशन कदापि हुन सक्दैन । विशेष अधिवेशन युवाहरूको भविष्यमाथिको प्रहार हो’, अध्यक्ष बस्नेतले भने, ‘नेताहरू मिलीमिली खाने जुन बाटो हेरिएको छ । त्यसको विरुद्धमा हामी पनि लाग्छौँ ।’
     
    वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विशेष महाधिवेशन गरेर भागबण्डामा बाँडेर खाने तयारी गरिरहेका बेला तरुण दलका अध्यक्ष बस्नेतले विशेष महाधिवेशनको विरोध गरेका छन् ।
     
    ‘तरुण दल गतिशील भएर लाग्छ । कांग्रेसको एजेण्डलाई तरुण दलले घरघरमा लैजान्छ । हिजो चुनौती थियो । आज सम्भावना र चुनौती दुबै छ’, बस्नेतले भने, ‘कोरोना महामारीविरुद्ध हामी लडिरहेका छौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप लगाउने भन्नुभएको छ ।

    श्रावण २९, २०७८ शुक्रवार ०८:५२:०५ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana