Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

केपी ओलीलाई जिस्क्याउँदा महंगो पर्यो माओवादीलाई, एमालेको अडानअघि झुके सभामुख सापकोटा

केपी ओलीलाई जिस्क्याउँदा महंगो पर्यो माओवादीलाई, एमालेको अडानअघि झुके सभामुख सापकोटा

नेपालपाना श्रावण २९ २०७८
  • 20.8K
    SHARES
  • केपी ओलीलाई जिस्क्याउँदा महंगो पर्यो माओवादीलाई, एमालेको अडानअघि झुके सभामुख सापकोटा

    काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट सत्तामा पुगेको माओवादी केन्द्रले प्रतिपक्षी एमालेप्रति प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको छ । माओवादीका अर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी ओली सरकारप्रति तथ्यहीन आरोप लगाएर स्वेत पत्र ल्याउनेदेखि माओवादीकै अराजक सांसद मातृका यादवले संसदमा अध्यक्ष ओलीको स्वास्थ्यमाथि तुच्छ टिप्पणी गरेका छन् । 

    ओलीले संसदमा बोलेर प्रचण्डदेखि माधवसम्म, उपेन्द्रसम्म एक एकलाई दनक दिएर सानदार प्रतिपक्षको सुरुवात गरेका बेला माओवादीलाई असह्यै भएको छ । त्यसैले होला बलियो ओली र एमालेसँग माओवादी नेताहरु डराएर जथाभावी बोल्न थालेका छन् । तर त्यो बोली उनीहरुलाई ब्याक फायर भएको छ । 

    स्वेतपत्रलाई आरोपपत्र बनाएका अर्थमन्त्री शर्मालाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले काउन्टर दिएका छन् । स्वेतपत्रको भण्डाफोर सदनमै गरेपछि शर्माले बचाउ गर्नुपरेको थियो । 

    त्यसैगरी विहीवार मातृका यादवले विपक्षी दलका नेता ओलीबारे तुच्छ शब्द प्रयोग गरे । जसमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रतिवाद गरे । रेकर्डबाट हटाउन माग गरे । त्यसपछि आज शुक्रवार बसेको बैठकमा पनि एमालेले ध्यानाकर्षण गरायो । 

    एमालेको अडानपछि माओवादीकै सभामुख पनि पछि हटे । र अग्नि सापकोटाले आफ्नै पार्टीका सांसद यादवले प्रयोग गरेको केही शब्द हटाउन रुलिङ गरे । 

    सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा यादवले अध्यक्ष ओलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् । 

    एमालेले सो अभिव्यक्ति हटाउन माग गर्दै सदन शुरु हुनासाथ आपत्ति जनाएपछि सभामुखले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । 

    प्रतिनिधिसभाको शुक्रवारको बैठक शुरु हुनासाथ एमाले सांसदहरु आ आफ्नो ठाउँमा उठेका थिए । त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए । भट्टराईले यादवले एमाले संसदीय दलका नेता तथा पूर्व प्रधामन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति असंसदीय भएको र कुनै हालतमा स्वीकार्य नहुने भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

    श्रावण २९, २०७८ शुक्रवार १४:५५:१४ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana