काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोषले कोभिड १९ को महामारीको चपेटामा परेको विश्व अर्थतन्त्र सन् २०२१ मा उकासिने विश्लेषण गरेको छ ।
यस्तै कोषले एशियामा यस वर्ष चीनको भन्दा भारतको आर्थिक वृद्धिदर बढी हुने प्रक्षेपण समेत गरेको छ ।
चीनको अर्थतन्त्र सन् २०१९ मा ६.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतमा खुम्चिएको थियो ।
भारतको अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ७.३ प्रतिशतले संकुचन भएको थियो ।
सन् २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।