Logo

आइतवार, मंसिर १२ गते २०७८

images

पाकिस्तानको स्वतन्त्रता दिवसलाई 'विभाजन विभीषिका स्मृति दिवस' मनाउँने माेदीकाे घोषणा

पाकिस्तानको स्वतन्त्रता दिवसलाई 'विभाजन विभीषिका स्मृति दिवस' मनाउँने माेदीकाे घोषणा

नेपालपाना श्रावण ३० २०७८
  • 4.8K
    SHARES
  • पाकिस्तानको स्वतन्त्रता दिवसलाई 'विभाजन विभीषिका स्मृति दिवस' मनाउँने माेदीकाे घोषणा

    एजेन्सी । भारतले पाकिस्तानको स्वतन्त्रता दिवसलाई ‘विभाजन विभीषिका स्मृति दिवस’को रुपमा मनाउने निर्णय गरेको छ ।

    पाकिस्तानले शनिबार ७५औं स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताएका छन् ।

    ट्वीट्मा उनले भनेका छन्, “देशको विभाजनको पीडालाई कहिल्यै बिर्सन सकिँदैन । घृणा र हिंसाका कारण हाम्रा लाखौं दाजुभाइ र दिदी बहिनी विस्थापित हुनुका साथै ज्यान गुमाए । उनीहरुकै बलिदान र संघर्षको यादमा १४ अगस्टलाई ‘विभाजन र विभीषिका स्मृति दिवस’को रुपमा मनाउने निर्णय गरिएको छ ।”

    उनले यस दिनले भेदभाव, वैमनस्य र दुर्भावनाको विषलाई हटाउनका लागि मात्र नभइ एकता, सामाजिक सद्भाव र मानवीय संवेदना पनि मजबुत हुने विश्वास व्यक्त गरे ।

    बेलायतको अधिनबाट भारतको मुक्ति र विभाजन एकै साथ भएको थियो । भारतले भने अगस्ट १५ मा आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्दछ । 

    श्रावण ३०, २०७८ शनिवार २०:१७:१० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana