Logo

बुधवार, मंसिर १५ गते २०७८

images

अर्थमन्त्रीका ज्वाइँ मालामाल, शर्माले प्रचण्ड र ओलीलाई उछिने

अर्थमन्त्रीका ज्वाइँ मालामाल, शर्माले प्रचण्ड र ओलीलाई उछिने

नेपालपाना श्रावण ३२ २०७८
  • 23.9K
    SHARES
  • अर्थमन्त्रीका ज्वाइँ मालामाल, शर्माले प्रचण्ड र ओलीलाई उछिने

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नै भाञ्जी ज्वाइँलाई भीमकान्त न्यौपानेलाई १८ लाख तलब भत्ता पाउने गरि एसियाली विकास बैंक (एडीबी)को सल्लाहकारमा नियक्तिका लागि सिफारिस गरेका छन् ।

    न्यौपाने अर्थ मन्त्रालयका शाखा अधिकृत हुन् । न्यौपाने सो पदमा दुई वर्ष काम गर्नेछन् ।

    तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले सो पदमा उप–सचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय भएको थियो ।

    अर्थमन्त्री शर्माले अर्याललाई पठाउने ओली सरकारको निर्णय रद्द गरेर भाञ्जी ज्वाइँ पर्ने शाखा अधिकृत न्यौपानेलाई पठाउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

    एडीबीको सल्लाहकारमा यसअघि सोमलाल सुवेदी, रामशरण पुडासैनीलगायतले जागिर खाइसकेका छन् । पहुँचको भरमा शाखा अधिकृत न्यौपानेले धेरै लाभ लिने कर्मचारीमा पर्छन् ।

    भन्सारमा बसी केही महिना अगाडि मात्रै न्यौपाने अर्थ मन्त्रालयमा सरुवा भएका थिए । शाखा अधिकृत न्यौपाने अर्थ मन्त्रालयका तत्कालीन सचिव शिशिरकुमार ढुंगानाका पीएका रुपमा कार्यरत थिए ।

    सचिव ढुंगानाले अर्थमन्त्री शर्मालाई खुशी पार्न उनका भाञ्जीज्वाईलाई मनिला पठाउने वातावरण बनाएको आरोप छ ।

    न्यौपानेलाई नियुक्ति गर्ने सबै प्रक्रिया ढुंगानाले नै पूरा गरेको चर्चा अर्थ मन्त्रालयमा छ ।

    श्रावण ३२, २०७८ सोमवार १०:२४:२५ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana