Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

अर्थमन्त्री शर्मालाई संसदमै महेश बस्नेतले ‘सावधान’ भन्दै दिए कडा चेतावनी

अर्थमन्त्री शर्मालाई संसदमै महेश बस्नेतले ‘सावधान’ भन्दै दिए कडा चेतावनी

नेपालपाना श्रावण ३२ २०७८
  • 17.2K
    SHARES
  • अर्थमन्त्री शर्मालाई संसदमै महेश बस्नेतले ‘सावधान’ भन्दै दिए कडा चेतावनी

    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्मालाई कडा चेतावनी दिएका छन् ।

    भक्तपुरको सूर्यविनायकदेखि धुलिखेल खण्डमा विनियोजित दुई अर्ब रुपैयाँ हटाउने कुरा आएको भन्दै त्यसो नगर्न बस्नेतले शर्मालाई चेतावनी दिएका हुन् । 

    ‘सावधान विगत सरकारले छुट्याएको रकम हटाउने हिम्मत र निर्णय नगर्नुस् । नत्र तपाईलाई धेरै चुनौती हुन्छ,’ उनले भने । 

    बस्नेतले परमादेश सरकार भनेकोमा चित्त दुखाएकाले अब मापसे (माधव प्रचण्ड र शेरबहादुर) सरकार भन्ने पनि बताए । 

    बस्नेतले अदालतमा डरलाग्दो सेटिङ र भ्रष्टाचार रहेको भन्दै छानविन गर्न र न्यायाधीशलाई महाभियोग लगाउन माग गरे । उनले अदालतको फैसलाले अहिले ओलीलाई घाटा भए पनि भविष्यमा अदालत अरुको लागि पनि गल पासो बन्न सक्ने भन्दै बस्नेतले सचेत गराए । उनले प्रतिनिधिसभा पुनर्स्थापना फैसलामा पनि त्रुटि भएको भन्दै आक्रोश पोखे ।

    श्रावण ३२, २०७८ सोमवार १५:३८:०७ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana