Logo

शनिवार, मंसिर १८ गते २०७८

images

अमेरिकाले काबुलबाट गर्यो सयौं नेपालीको उद्धार, सकुशल काठमाडौं आइपुग्दै

अमेरिकाले काबुलबाट गर्यो सयौं नेपालीको उद्धार, सकुशल काठमाडौं आइपुग्दै

नेपालपाना श्रावण ३२ २०७८
  • 8.6K
    SHARES
  • अमेरिकाले काबुलबाट गर्यो सयौं नेपालीको उद्धार, सकुशल काठमाडौं आइपुग्दै

    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा फसेका सयौं नेपालीलाई संयुक्त राज्य अमेरिकाले उद्धार गरेको छ । काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डसहित अन्यलाई पनि उद्धार गरेर सोमबार बिहान कतारको दोहा पुर्यालएको हो । दोहाबाट नेपालीहरु काठमाडौं आउँदैछन् । 

    अमेरिकी दूतावासमा कार्यरत झण्डै ४ सय सुरक्षा गार्ड र इयुको डेलिगेट्सको कार्यालयमा खटिएका ७४ जना सुरक्षा गार्डलगायत नेपाली नागरिकलाई अमेरिकाले आफ्नो विमानमार्फत कारजाई विमानस्थल हुँदै दोहा ल्याएको हो ।  

    नेपाली गार्डहरुलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरुलाई अमेरिकाले विमानमार्फत काठमाडौं पठाइदिने बताइएको छ । 

    अफगानिस्तानमा करिब १५ हजार नेपाली रहेको बताइन्छ । सरकारले ति नेपाली ल्याउन विमान पठाउने निर्णय गरिसकेको छ ।

    श्रावण ३२, २०७८ सोमवार १५:५०:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana