Logo

बुधवार, मंसिर १५ गते २०७८

images

अमेरिकाले काबुलबाट उद्धार गरेर काठमाडौं ल्याइदिएका नेपालीलाई अमेरिकी राजदूतले एयरपोर्टमा गरे स्वागत

अमेरिकाले काबुलबाट उद्धार गरेर काठमाडौं ल्याइदिएका नेपालीलाई अमेरिकी राजदूतले एयरपोर्टमा गरे स्वागत

नेपालपाना भाद्र १ २०७८
  • 4.5K
    SHARES
  • अमेरिकाले काबुलबाट उद्धार गरेर काठमाडौं ल्याइदिएका नेपालीलाई अमेरिकी राजदूतले एयरपोर्टमा गरे स्वागत

    काठमाडौं । अमेरिकी एजेन्सीमा काम गर्ने एक सय १८ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन् । उनीहरू काबुलबाट चार्टर्ड प्लेनमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।

    नेपाली आइपुगेका उनीहरूलाई अमेरिकी राजदूत रेन्डी बेरीले विमानस्थलमै पुगेर स्वागत गरेका छन् । उनले पहिलो उडानमार्फत आउनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु सम्मानको विषय भएको बताए । 

    अमेरिकी सरकारले काबुलस्थित अमेरिकी मिसमा कार्यरत सबै नेपालीहरूलाई अफगानिस्तान छोड्ने कार्यमा पूर्ण सहयोग गरेको राजदूत बेरीले उल्लेख गरेका छन् ।

    अफगानिस्तानमा तालिवान विद्रोही सत्ता कब्जा गरेपछि विदेशी नागरिकले काबुल छाड्ने क्रम जारी छ । विभिन्न बाटोबाट अफगानिस्तान पुग्ने नेपालीको संख्या १४ हजार रहेको बताइन्छ ।

    भाद्र १, २०७८ मंगलवार १६:२६:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # अमेरिकी सेना

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana