Logo

बुधवार, मंसिर १५ गते २०७८

images

प्रचण्डपुत्र प्रकाशजस्तै माओवादी सांसद विमला ओली पनि विवाहित पुरुषसँग मस्तीमा, खुलेयाम गालामै किस गरेपछि…

प्रचण्डपुत्र प्रकाशजस्तै माओवादी सांसद विमला ओली पनि विवाहित पुरुषसँग मस्तीमा, खुलेयाम गालामै किस गरेपछि…

नेपालपाना भाद्र १ २०७८
  • 175.1K
    SHARES
  • प्रचण्डपुत्र प्रकाशजस्तै माओवादी सांसद विमला ओली पनि विवाहित पुरुषसँग मस्तीमा, खुलेयाम गालामै किस गरेपछि…

    दाङ । विवाहित हुँदाहुँदै परस्त्रीसँग सल्किएपछि माओवादी सुप्रिमो कमाण्डर प्रचण्डका छोरा (हाल दिवंगत) प्रकाश दाहाल कारवाही परे । सांस्कृतिक अपचलनको अपराधमा पार्टीको साधारण सदस्यताबाटै निलम्बनमा परेका प्रकाश प्रचण्डको छोरो भएकाले माफीसहित ६ महिनापछि निलम्बन फुकुवामा परे । पछि उनले ति विवाहित परस्त्रीसँग विहे गरे । ति हुन् विना मगर । जो अहिले प्रचण्डकी बुहारी बनेर बसेकी छन् । मन्त्री पनि भइरहेकी छन् । द्वन्द्वकालमा रामबहादुर थापा बादल र पम्फा भुसाल रंगेहात पक्राउ पर्दा पनि कारवाहीमा परेका थिए । 

    यस्तै काण्ड अहिले दोहोरिएको छ । लुम्बिनीमा शंकर पोखरेलको सरकार ढाल्न निर्णायक सांसद विमला वलीको अन्तरंग तस्विर बाहिर आएको छ । पति उत्तरकुमार वली दिवंगत भएको दुई वर्ष नवित्दै विमला एक विवाहित परपुरुषको अंगालोमा देखिएकी छन्, त्यो पनि गालामा चुम्बन गरिरहेको अवस्थामा । अहिले माओवादी सांसद बनेकी विमला माओवादीकै भातृ संगठन वाइसीएलका स्थानीय नेता एकराज बस्नेतको अंगालोमा भेटिएकी हुन् । एकराज श्रीमती र छोराछोरी भएका विवाहित पुरुष हुन् । रोचक त के छ भने यो तस्विर एकराजले नै सार्वजनिक गरेका हुन् । यहाँनेर विवाहित पुरुषसँग खुलेयाम रोमान्स गर्दा विमलामा सांस्कृतिक विचलन आएको देखिन्छ । 

    युद्धकालमा भए सफायादेखि कारबाही घटुवा आलोचनासम्मका कारबाही गरेका र विगतमा आफ्नै छोरालाई साधारण सदस्यबाट निकाल्ने प्रचण्डले विमलाको सांस्कृतिक अपचलन अपराधमा कस्तो सजाय दिन्छन् हेर्न बाँकी छ । किनभने विमला लुम्बनीको सत्ताका लागि निर्णायक पात्र हुन् । 

    विमला र एकराजको चुम्बनसहितको तस्बिरले सामाजिक सञ्जालमा तहल्का पिटेको छ । किनभने विमलाले सिन्दुर पनि लगाएको देख्न सकिन्छ । पतिको निधनपछि सामान्यतया अर्को विहे नभई सिन्दुर लाउन मिल्दैन । त्यसो त लुम्बिनीमा विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा रहिन । अहिले आफ्नो रोमान्सले चर्चा छिन् ।

    भाद्र १, २०७८ मंगलवार १८:२७:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विमला ओलि

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana