Logo

बुधवार, आश्विन १९ गते २०७९

दल विभाजन अध्यादेशले उपेन्द्र यादव समूह पनि फुट्दै, पार्टीभित्र तीव्र मतभेद

दल विभाजन अध्यादेशले उपेन्द्र यादव समूह पनि फुट्दै, पार्टीभित्र तीव्र मतभेद

नेपालपाना भाद्र २ २०७८
  • 19.5K
    SHARES
  • दल विभाजन अध्यादेशले उपेन्द्र यादव समूह पनि फुट्दै, पार्टीभित्र तीव्र मतभेद

    काठमाडौं । केन्द्रीय समिति बैठकमा सोफा काण्डले उपेन्द्र यादवमाथि नेता कार्यकर्ता खनिएका बेला जसपामा दल विभाजन अध्यादेशबारे पनि मतभेद बढेको छ । 

    २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए नयाँ दल खोल्न मिल्ने प्रावधानको अध्यादेशले एक यादव समूह आफै फुटको जोखिममा परेको छ भने अर्कोतिर अध्यादेशकै विषयमा पार्टीभित्र तीव्र मतभेद भएको छ । 

    ध्यादेश ठीक कि गलत भन्ने विवाद जसपा उपेन्द्र समूहमा देखिएको हो । नेताहरू दुई धारमा बाँडिएका छन् ।

    जसपा नेता डा. बाबुराम भट्टराईले अध्यादेश गलत भएको भन्दै विरोध जनाएका छन् । तर, अर्का नेता राजेन्द्र श्रेष्ठले भने अध्यादेश अध्यक्ष उपेन्द्र यादवको समेत सहमतिमा आएको र यो सहीँ भएको भन्दै समर्थन गरेका छन् ।

    यसबाट उपेन्द्र समूहभित्रै बाबुराम भट्टराईसँग कुरा मिल्न छाडेको जस्तो देखिएको छ । यसले २० प्रतिशतमा पार्टी फुटाउन मिल्ने अध्यादेश उपेन्द्र समूहमा पनि लागु हुन् । बाबुरामले पनि पार्टी फुटाउन सक्छन् । किनकि बाबुरामले २० प्रतिशत सहजै जुटाउन सक्छन् ।  

    उपेन्द्र अध्यादेशको पक्षमा रहेका बेला बाबुरामले सार्वजनिक रूपमै अध्यादेशप्रति आपत्ति जनाउँदै भनेका छन्, ‘ओली गए पनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय हो । जसले गरे पनि संसद् अधिवेशन अन्त्य गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो । अनि सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो । गलतलाई गलतभन्दा गठबन्धनको विरोध नठानियोस् ।’

    त्यसमा उपेन्द्र पक्षका नेताले काउन्टर दिएका छन् । नेता श्रेष्ठले माधव नेपाललाई निकास दिन र संसद्लाई विघटन हुनबाट बचाउने उद्देश्यले अध्यादेश ल्याइएको अध्यादेशको प्रतिरक्षा गरिने बताए । श्रेष्ठले भने, ‘यो अध्यादेश प्रतिगमनविरुद्धको सङ्घर्षबाट निर्माण भएको गठबन्धनलाई दिगो बनाउनका लागि ल्याएको हो । यसले संसद्लाई निकास पनि दिन्छ ।’

    अध्यादेशलाई लिएर यसरी जसपामा उपेन्द्र र बाबुराम पक्षको टकराव बढ्दा यो पार्टी पनि यहीँ अध्यादेशको बलमा फुट्न बेर छैन ।

    भाद्र २, २०७८ बुधवार १९:१४:५३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend