Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

अफगानी स्थानिय आदिवासीले सीमा अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प

अफगानी स्थानिय आदिवासीले सीमा अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प

नेपालपाना भाद्र ३ २०७८
  • 6.9K
    SHARES
  • अफगानी स्थानिय आदिवासीले सीमा अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प

    कराँची । अफगानिस्तानको खुगखेलमा स्थानीय आदिवासीहरुले सीमाक्षेत्र अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प भएको छ ।

    अफगानिस्तानको खुगखेलका स्थानीय आदिवासीहरुले तोर्खाम सीमामा प्रदर्शन गर्दै सडक अबरुद्ध गरेपछि पाकिस्तानको व्यापारमा असर पुगेको हो । यसले अफगानिस्तानसँग पाकिस्तानको व्यापारमा असर पुगेको छ ।

    क्षेत्रीय सुरक्षा निकायले आफ्ना मुख्य चारबुँदे मागहरु पुरा नगरेसम्म सीमामा प्रदर्शन जारी राख्ने खुगखेलका स्थानीय आदिवासी नेताहरु मुफ्ति इजाज र मिरजुद्दिन खानले चेतावनी दिएका छन् । 

    स्थानीय आदिवासी नेताहरुले आफ्नो भूमि लिजमा दिनेबारे फेडरल बोर्ड अफ रिभेन्युसँग सहमति भएको र नेसनल लजिस्टिक सेलले आफ्ना मागहरु पुरा गर्ने प्रतिबद्धता गरेपनि कार्यान्वयन नगरेको गुनासो गरे । विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय आदिवासी तथा धार्मिक नेताहरुले लण्दी कोतल बजार क्षेत्रमा जारी प्रदर्शन अवलोकन गर्दै उनीहरुको समर्थन गरेका छन् । 

    स्थानीय आदिवासी प्रदर्शनकारीहरुले अफगानी नागरिकहरुहरुलाई छरबागबाट वैकल्पिक बाटो हुँदै तोर्खाम जाने व्याबस्था गरेका छन् । तर, सीमामार्फत अफगानिस्तानसँग हुने पाकिस्तानको व्यापारमा भने असर पुगेको छ ।

    भाद्र ३, २०७८ बिहिवार ०८:०४:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana