Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

सभामुखले माधव नेपालहरुको कारवाही रोकेपछि ओली क्रुद्ध, सदनमै देखाइदिने चेतावनी

सभामुखले माधव नेपालहरुको कारवाही रोकेपछि ओली क्रुद्ध, सदनमै देखाइदिने चेतावनी

नेपालपाना भाद्र ३ २०७८
  • 8.3K
    SHARES
  • सभामुखले माधव नेपालहरुको कारवाही रोकेपछि ओली क्रुद्ध, सदनमै देखाइदिने चेतावनी

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहित १४ जना एमाले सांसदमाथि गरिएको कारवाही रोकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन् । 

    ओलीले सभामुख सापकोटाले त्यही पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भन्ने रोज्नुपर्ने स्पष्ट पार्न पनि चेतावनी दिएका छन् । 

    एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको भन्दै आक्रोस पोखे । अझै कागजपत्र हेर्छु भनेको भन्दै उनले नेपाल न्यूज एजेन्सीसँग भनेका छन्, ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो ।’

    माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न चेतावनी दिए । एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?’

    गैरकानूनी ढंगले संसद चल्न नसक्ने भन्दै उनले सभामुख रहने कि पार्टी कार्यकर्ताको भूमिकामा फर्किने रोज्न आग्रह गरे । उनले भने, ‘एउटा पार्टीको कार्यकर्ता भएर सभामुख हुन सकिँदैन । सभामुख भएपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ, होइन भने सभामुख छोडिदिए हुन्छ ।’

    भाद्र ३, २०७८ बिहिवार १६:१५:४८ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana