Logo

शनिवार, मंसिर १८ गते २०७८

images

६ महिनाभित्र १५ लाख प्रदेशवासीले खोप पाउने

६ महिनाभित्र १५ लाख प्रदेशवासीले खोप पाउने

नेपालपाना भाद्र ३ २०७८
  • 2.2K
    SHARES
  • ६ महिनाभित्र १५ लाख प्रदेशवासीले खोप पाउने

    गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    जिल्ला समन्वय समिति तनहुँले  दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । हालसम्म आठ लाख मानिसलाई पहिलो र तीन लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उनले बताए ।

    प्रदेशका एक दुई जिल्लामा बाहेक अक्सिजन प्लान्ट जडान र बेड क्षमता वृद्धि गर्न नसकिए पनि पहलकदमी भैरहेको उनले बताए । दोस्रोसँगै तेस्रो लहरको भेरियन्ट पनि देखिन थालेकाले यस किसिमको कोभिडसँग जुध्न प्रदेश सरकार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उनले सबैलाई सचेत रहन आग्रह गरे । 

    प्रदेश सरकारले बाढीपहिराबाट पूर्ण क्षति भएका परिवारलाई रु एक लाख राहत प्रदान गर्ने भएकाले जिल्लाबाट त्यस्ता क्षति भएका घरको जति सक्दो छिटो विवरण पठाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।

    भाद्र ३, २०७८ बिहिवार १९:०५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गण्डकी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana