Logo

बुधवार, मंसिर १५ गते २०७८

images

‘धर्मविरोधी’ प्रचण्डलाई पूर्वसेनापति कटवालको अर्को चुनौती, आफ्नै कमाण्डमा सुरु गरे 'हिन्दू राष्ट्र’को अभियान, जोडिए ठूला हस्तीहरु

‘धर्मविरोधी’ प्रचण्डलाई पूर्वसेनापति कटवालको अर्को चुनौती, आफ्नै कमाण्डमा सुरु गरे 'हिन्दू राष्ट्र’को अभियान, जोडिए ठूला हस्तीहरु

नेपालपाना भाद्र ४ २०७८
  • 30.6K
    SHARES
  • ‘धर्मविरोधी’ प्रचण्डलाई पूर्वसेनापति कटवालको अर्को चुनौती, आफ्नै कमाण्डमा सुरु गरे 'हिन्दू राष्ट्र’को अभियान, जोडिए ठूला हस्तीहरु

    काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ गरेका छन् ।

    गणतन्त्रका नाममा जनभावना विपरीत नेपाललाई धर्म निरपेक्ष बनाएका प्रचण्डहरुलाई चुनौती दिँदै कटवाले विभिन्न क्षेत्रका प्रख्यात हस्तीहरु समेटेर व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ गरेका हुन् ।

    विगतमा कटवालले प्रचण्डलाई सत्ताबाट सडकमा ल्याएका थिए । सत्ताको उन्मादमा सेना कब्जा गर्नेगरी कटवाललाई गैरकानुनी रुपमा हटाउन खोज्दा प्रचण्ड आफै सत्ता च्युत भएका थिए ।

    उनले प्रधानमन्त्रीको कुर्सी छोड्नुपरेको थियो । अहिले पनि रवीन्द्र मिश्र सहितले धर्म निरपेक्षतामा जनमतसंग्रहको माग गरिरहेका बेला कटवाल परिवर्तनको मसिहा ठान्ने प्रचण्डलाई दोस्रोपटक चुनौती दिन आइपुगेका छन् ।

    जनभावना विपरीत धर्म निरपेक्षता लादेर त्यसलाई परिवर्तन भन्ने प्रचण्डजस्ताहरुलाई चुनौती दिन कटवाल आफ्नै कमाण्डमा अघि बढेका हुन् ।

    विहीवार ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमबाट अभियान शुभारम्भ भएको यस अभियानका राष्ट्रिय संयोजक कटवालले जनाए ।

    पूर्व प्रधानसेनापति समेत रहेका कटवालले कार्यक्रमलाई सम्बोधन गर्दै भने— नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य हो ।

    यसअघि स्वागत मन्तव्य एवं कार्यक्रमको रूपरेखा राख्दै राजनीतिक विश्लेषक देवेश झाले आम जनमानसले आफ्नो गौरवशाली संस्कृतिको स्वाभिमान बिर्सिएको हुनाले नै समाजमा विकृति विसंगति मौलाइरहेको बताए । जूममार्फत आभासी माध्यमद्वारा देशभरिका एक हजार कार्यकर्ता तथा शुभचिन्तकहरू जोडिएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू राष्ट्रको हाम्रो सङ्कल्पना विषयमा बौल्दै सबै संस्कृतिले सहजताका साथ सास फेर्न सक्ने सुनिश्चितता नै ऋषिमुनि प्रणीत हिन्दू संस्कृति रहेको उल्लेख गरे ।

    हिन्दू धर्मले सबै प्रकारका उपासना पद्धति अपनाउन स्वतन्त्रता दिएको उल्लेख गर्दै उनले आज देशमा विधर्मीको लहैलहैमा बगेर जानाले नै अनेक समस्या आइपरेको बताए। शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्यजी महाराजले स्वाभिमान जागरणबारे आफ्नो मन्तव्यमा हामीले हाम्रो स्वत्वलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने बताए ।

    हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक कल्याण कुमार तिम्सिनाले अभियानको कार्यपद्धति र त्यसको अपेक्षित परिणामबारे मन्तव्य राखेका थिए ।

    नितान्त सांस्कृतिक अभियानका रूपमा अघि बढ्ने यसका अभियन्ताले उल्लेख गरेका छन्— हिन्दू राष्ट्रको हाम्रो धारणा सांस्कृतिक हो । हिन्दुत्व नै नेपालको सांस्कृतिक पहिचान हो । नेपालमा अत्यन्त प्राचीन कालदेखि चलिआएको एउटा विशेष प्रकारको ‘राष्ट्र जीवन’ छ ।

    भिन्न–भिन्न सम्प्रदाय, भाषा र प्राकृतिक संरचनामा आधारित लवाई–खवाईका कारण विविधता देखिए पनि धार्मिक–सांस्कृतिक रूपमा ‘एकता’ यहाँको जीवनशैलीको परिचय हो ।

    यसमा सबैको आदर्श समान छन्, राष्ट्रको उन्नतिका लागि आकांक्षा, अनुभूतिहरु, शत्रु–मित्र, विश्वास र परम्परामा समानता रहिआएको छ । यसै राष्ट्र जीवनको नाम ‘हिन्दू राष्ट्र’ हो । हिन्दू राष्ट्रमा कुनै पनि संस्कृति लुप्त भएको छैन ।

    सबै संस्कृतिहरूको संरक्षणको ग्यारेन्टी (सुनिश्चितता) हिन्दू राष्ट्र हो ।

    अभियानबारे विमर्श कार्यक्रमअघि पूजा एवं हवनपूर्वक केन्द्रीय कार्यालयको उद्घाटन गरिएको थियो ।

    भाद्र ४, २०७८ शुक्रवार ०७:४५:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सनातन धर्म

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana