Logo

शनिवार, मंसिर १७ गते २०७९

राष्ट्रसंघ सुरक्षा परिषदमा भारतले देखाइदियो पाकिस्तानलाई असली पावर, पक्षमा उभिएको चीनको केही जोर चलेन

राष्ट्रसंघ सुरक्षा परिषदमा भारतले देखाइदियो पाकिस्तानलाई असली पावर, पक्षमा उभिएको चीनको केही जोर चलेन

नेपालपाना भाद्र ४ २०७८
  • 48.2K
    SHARES
  • राष्ट्रसंघ सुरक्षा परिषदमा भारतले देखाइदियो पाकिस्तानलाई असली पावर, पक्षमा उभिएको चीनको केही जोर चलेन

    न्युयोर्क । अफगानिस्तानमा पछिल्लो समय विकसित घटनाक्रममा धारणा बनाउन हालै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक बस्यो ।

    बैठकको अध्यक्षता एसियाबाट सदस्य रहेको भारतले गरेको थियो । भारत अहिले दुई वर्षका लागि सदस्य छ । सुरक्षा परिषदमा ५ स्थायी राष्ट्र र १० वटा दुई वर्षे कार्यकाल भएका राष्ट्र गरी १५ सदस्यीय हुन्छन् ।

    १० मध्ये एसियाबाट दुई राष्ट्र चुनिन्छन् । यसपालि एसियाबाट भारत र भियतनाम सदस्य छन् ।

    दक्षिण एसियामा अफगानिस्तानको समस्या निम्तिएकाले भारतले सुरक्षा परिषदको अध्यक्षता गरेको थियो । बैठकमा अफगानिस्तानमा तालिवानी सत्ता र आउन सक्ने सम्भावित समस्या र चुनौतीबारे छलफल भयो ।

    सदस्य राष्ट्रले धारणा राखे । तर बैठकमा पाकिस्तानले पनि बोल्न खोज्यो । आफूलाई अफगानिस्तानको छिमेकी भन्दै पाकिस्तानी प्रतिनिधिले सुरक्षा परिषदमा बोल्न खोजेका थिए ।

    तर अध्यक्षता गरिरहेको भारतले पाकिस्तानलाई धारणा राख्न दिएन । सदस्य नै नभएको पाकिस्तानले धारणा राख्न नपाउने निर्णय भारतले सुनायो ।

    सुरक्षा परिषदको स्थायी सदस्य चीनले पनि पाकिस्तानले बोल्न पाउनुपर्ने लबिङ गर्यो । तर भारतले चीनले पनि सुरक्षा परिषदको नियमबारे जानकार नभएको भन्दै नियम हेर्न सुझायो ।

    नियम विपरीत पाकिस्तानलाई बोल्न नदिने अडान लियो । छिमेकीका रुपमा पाकिस्ताले बोल्न चाहेपनि नदिएको भन्दै चीनले यसलाई दुर्भाग्यपूर्ण भन्यो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार अध्यता गरिरहेको भारतले पाकिस्तानमात्रै होइन अन्य क्षेत्रीय देशले पनि अफगानिस्तान संकटबारे आफ्नो धारणा राख्न खोज्दा नियमले नमिल्ने भन्दै दिएन ।

    परिषदका सदस्य राष्ट्रको सर्वसम्मत निर्णयबिना सदस्य नभएका राष्ट्रले बोल्न नपाउने र सर्वसम्मतको अवस्था नभएकाले भारतले कुनै पनि राष्ट्रलाई बोल्न दिएन । त्यसमाथि सदस्य नभएका राष्ट्रले बोल्न पाउनका लागि सर्वसम्मत गर्न भोटिङको माग पनि कसैले गरेन । बैठकमा अपगानिस्तानको विकसित संकटबारे चिन्ता व्यक्त गरिएको थियो ।

    भारतले अफगानिस्तानमा महिला, पुरुषा र बालबालिका भयवित वातावरणमा रहेको भन्दै ठोस कदम चाल्नुपर्ने धारणा राखेको छ । राष्ट्रसंघका महासचिव एन्टिनिओ गुर्टेरेसले युद्धग्रस्त देशका नागरिकलाई एक्लै छाड्न नसकिने बताए ।

    राष्ट्र संघका लागि भारतीय स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले अफगानी पुरुष महिला र बालबालिका भयपूर्ण जीवन जिउन बाध्य रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले समाधानका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान पनि गरे ।

    भाद्र ४, २०७८ शुक्रवार ०८:०८:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # संयुक्त राष्ट्र संघ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend