Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

पाकिस्तानमा तालिबान भर्ना तथा बिस्तारको आशंका

पाकिस्तानमा तालिबान भर्ना तथा बिस्तारको आशंका

नेपालपाना भाद्र ४ २०७८
  • 28.3K
    SHARES
  • पाकिस्तानमा तालिबान भर्ना तथा बिस्तारको आशंका

    काबुल । अफगानिस्तानबाट अमेरिकी सेना घर फर्किरहेको बेला अफगानिस्तानमा थप द्धन्द्ध र संकट चर्किने आशंका गरिएको छ ।

    अफगानिस्तानबाट अमेरिकी सेना घर फिर्ता भईरहेको बेला पाकिस्तानमा स्थानीय आतंकवादीहरु तालिबानमा भर्ना हुन सक्ने त्रास बढेको छ ।

    यस्तो अबस्था आएमा अफगानिस्तान र क्षेत्रीय सुरक्षामा ठुलो संकट आउनेछ । अफगानिस्तानमा बीस बर्ष लामो आतंकवादी बिरुद्ध युद्धपछि अमेरिकाले सेना घर फर्काईरहेको छ ।

    तर यहि अबस्थामा अफगानिस्तान र पाकिस्तानमा भने तालिबान विद्रोही लडाकु समुहको खतरा थप बढ्दै गईरहेको छ । अफगानिस्तानमा सुरक्षाकर्मी र तालिबान विद्रोहीबीच संघर्ष अकस्मात बढ्दै गएको छ ।

    जर्मन टेलिभिजन डुस्टाच वेलको अनुसार तालिबान शक्तिमा उदाएपछि सन् १९९० मा अफगानिस्तानमा द्धन्द्ध चर्किएजस्तै अवस्था आउन सक्ने विज्ञहरुले आशंका गरेका छन् ।

    त्यसबेला उत्तरी गठबन्धन बिरुद्ध हजारौँ पाकिस्तानीहरु पनि आफगानी तालिबानसँग सहकार्य गरेका थिए ।

    पाकिस्तानमा धार्मिक गुरुहरुले मानिसहरुलाई तालिबानमा आबद्ध हुन प्रेरित गरिरहेको बताइन्छ, तर राज्य सरकार भने मौन रहँदै आएको पेशावरस्थित एरिया स्टडी सेन्टर अफ पेशावर युनिभर्सिटीका निर्देशक मुहम्मद सरफरज खानले बताए ।

    विदेशी सेना घर फिर्ताले अफगानिस्तान, पाकिस्तान र क्षेत्रीय सुरक्षामा ठुलो धक्का पुग्ने पनि उनले बताए । -याहु न्युज

    भाद्र ४, २०७८ शुक्रवार ०९:२०:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana