Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

भीम रावलहरुले माधवको साथ छोडेपछि बाबुरामको रुवाबासी, सरकार ढल्ने चिन्ताले सुत्नै सकेनन् !

भीम रावलहरुले माधवको साथ छोडेपछि बाबुरामको रुवाबासी, सरकार ढल्ने चिन्ताले सुत्नै सकेनन् !

नेपालपाना भाद्र ४ २०७८
  • 6.8K
    SHARES
  • भीम रावलहरुले माधवको साथ छोडेपछि बाबुरामको रुवाबासी, सरकार ढल्ने चिन्ताले सुत्नै सकेनन् !

    काठमाडौं । वर्षौंदेखि माधवकुमार नेपाललाई साथ दिइरहेका नेकपा एमालेका प्रभावशाली नेताहरुले पार्टी विभाजनको बेला भने साथ छाडेपछि सत्ता गठबन्धनमा धक्का लागेको छ । 

    एकातिर एमाले अध्यक्ष केपी ओलीले माधव समूहका १४ जनालाई कारवाहीको प्रक्रिया अघि बढाएका छन् भने अर्कोतिर प्रभावशाली मानिने सांसदहरुले साथ छाडेपछि माधवमात्रै अफ्ठेरोमा परेका छैनन् सत्ता गठबन्धन पनि ढल्ने खतरा बढेको छ । माधव समूह सांसद नभएर रित्तिदा यसको असर सत्ता गठबन्धनमा पर्नेछ । बहुमत गुमाएर सत्ता ढल्न सक्नेछ । फेरि देश चुनावतिर जानेछ । 

    त्यसैले होला सत्ता गठबन्धनमा रुवाबासी सुरु भएको छ । माधव नेपालसँग रेहका नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायतले साथ छोडेका बेला सत्ता गठबन्धनका एक नेता बाबुराम भट्टराई चिन्तित देखिएका छन् । 

    पूर्वकम्युनिस्ट नेतासमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष भट्टराईले उनीहरूसँग आक्रोश पोखेका छन् । 

    ‘एमालेका यी घागडान कणहरूसँग जिज्ञासा– संसारका कम्युनिस्ट पार्टीहरूकी हजुरआमा सोभियत कम्युनिस्ट पार्टीको पतन र विसर्जन पार्टी टुटफुट भएर भएको हो कि सिंगै पार्टी फतक्कै कुहिएर गर्ल्यामगुर्लुम भएको हो,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सोधेका छन्, ‘अनि पूर्वी युरोपलगायतका क. पा (कम्युनिस्ट पार्टी) हरू फुटेर हो कि सिंगै ढलेका हुन्? टाउकाको ओखती नाइटामा!’

    भाद्र ४, २०७८ शुक्रवार ११:३०:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana