Logo

शनिवार, मंसिर १८ गते २०७८

images

माओवादीको ठूलो पंक्ति एमाले प्रवेश गर्दै, भयो विशेष खुलासा

माओवादीको ठूलो पंक्ति एमाले प्रवेश गर्दै, भयो विशेष खुलासा

नेपालपाना भाद्र ५ २०७८
  • 76.3K
    SHARES
  • माओवादीको ठूलो पंक्ति एमाले प्रवेश गर्दै, भयो विशेष खुलासा

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले  प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको गम्भीर आरोप लगाएका छन् । तर, एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने उनको चेतावनी छ । 

    रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले भने,‘एमालेलाई कमजोर बनाउने काममा यो सरकार व्यस्त छ । अध्यादेश जुन आएको छ, यसले त्यही पुष्टि गरेको छ । 

    एमालेले कारबाही गरेका १४ जना सांसदलाई अहिलेसम्म पदमुक्त गरेको सूचना सभामुखबाट प्रकाशन गरिएको छेन् । अध्यादेश ल्याउनुको मुख्य उद्देश्य एमाले विभाजन गर्नेमात्रै देखियो ।’

    नेता बस्नेतले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र रचिएको सुनाए । तर, आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने उनको दाबी थियो । उनले भने,‘हिजो दल विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत हुनुपर्ने प्रावधान थियो । केपी ओली प्रधानमन्त्री हुँदा उहाँले त्यो ४० प्रतिशत प्रावधान कायमै राखेर केन्द्रीय कमिटी वा संसदीय दल भनेर राखेर अध्यादेश ल्याउँदा यहाँ कांग्रेसलगायतका दलले ठूलो हल्लाखल्ला मच्चाए । तर, त्यतिखेरको मूल मर्म के थियो भने संसदीय दल र केन्द्रीय कमिटीमध्ये एउटामा ४० प्रतिशत पुर्याउँदा दल विभाजन गर्न सजिलो थियो । तर, त्यो राजनीतिक प्रणाली बलियो बनाउनको लागि ल्याईएको अध्यादेश थियो । नेपालमा पनि अमेरिकामा जस्तै दुई दलीय प्रणालीमा लगिए राजनीतिक स्थायित्व हुन्छ भन्ने नै हो । जनताको मनोविज्ञान भनेको दुई दलीय व्यवस्था नै हो ।’

    ४० महिनाको अवधिमा ओली सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको स्मरण गराउँदै उनले अहिले ओलीको उक्त समृद्धिको यात्रामा ब्रेक लगाउने काम भएको पनि टिप्पणी गरे । उनले भने,‘केपी ओलीले सुरु गरेको समृद्धिको यात्रामा ब्रेक लगाउने काम भयो । एमाले ठूलो विभाजन गर्जनका साथ हुन्छ भनेर सुरु भएको चर्चा, अन्तिममा म्याउँ भएर टुँग्गिएको छ । 

    माधव नेपालले हिजो बहुमत छ भन्नुहुन्थ्यो । म केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउँछु भन्नुहुन्थ्यो, अहिले उहाँ २० प्रतिशतमा पुग्नुभयो । मैले बुझेअनुसार अहिले माधव नेपाललाई दल विभाजनको लागि संसदीय दल वा केन्द्रीय कमिटी दुवैमा २० प्रतिशत पुर्याउन पनि हम्मेहम्मे छ, निकै कठिन छ । अहिले उहाँले घोषणा गरेको ९५ सदस्यीय केन्द्रीय कमिटीका पनि १३ जना सदस्यहरुले हामी त्यो पार्टीमा छैनौं र जाँदैनौं भनेर नाम फिर्ता लिने स्थिति आएको छ ।’

    बस्नेतले  वरिष्ठ नेता झलनाथ खनाल पनि माधव नेपालको पार्टीमा नजाने जिकिर गरेका छन् । उनले भने,‘अब माधव नेपाललाई सजिलो बनाउनेगरि १५ प्रतिशत वा १० प्रतिशतमात्रै प्रावधान राखेर अध्यादेश ल्याउँदैछ अरे । हामीले अवलम्बन गरेको संसदीय प्रणालीमा दलको महत्वपूर्ण भूमिका हु्न्छ ।’

    उनले सभामुख सापकोटासमेत एमाले विभाजन गर्ने षड्यन्त्रमा लागेको भन्दै आक्रोश पोखे । उनले भने,‘उहाँ त्यो कमर्ममा किन मुछिनुभयो ? मैले बुझेको छैन । हेर्नुहोस, संसद माग गर्नेहरु नै आज संसदलाई अधिवेशन स्थगित् गर्ने ठाउँमा पुग्नुभयो । संसद् चलेको एक महिनाभित्र एसिड आक्रमणमा परेका पीडितको पक्षमा बनेको अध्यादेश अलपत्र पारियो । नागरिकता ऐनमा छलफल भएन । विभिन्न विद्येयकहरु अलपत्र पारियो । धेरै विद्येयक त्यहाँ थाँती थियो । यो सदन चल्न सक्दैन भन्ने कुरा उहाँले पुष्टि गर्नुभयो । ह्वीप उल्लंघन गर्ने कु्रा दलभित्रको गम्भीर विषय हो । १४ जनाले ह्वीप उल्लंघन गर्नुभएको थियो । पार्टीले कारबाही गरेको छ । तर, सभामुखले अहिलेसम्म कारबाहीको सूचना दिनुभएन । हामीले धर्ना दिनुपर्ने अवस्था छ । सभामुख त संविधान, ऐन र प्रतिनिधिसभा सञ्चालन नियामवलीअनुसार चल्नुपर्छ ।’

    उनले सभामुखले आफू निश्पक्ष र स्वतन्त्र हुनुपर्ने र त्यहीअनुसार चल्नुपर्ने कुरा भुलेको पनि टिप्पणी गरे । उनले भने,‘उहाँ सभामुख भएपनि प्रचण्ड र देउवाको आदेशविरुद्ध जाने देखिएन । आफ्नो पार्टीको सरकार ढालेर अर्को पार्टीको नेतृत्वमा सरकार बनाउने भन्दै मावध नेपालसहित हाम्रा साथीहरु सर्वोच्च अदालतमा रिट बोकेर जाने काम गर्नुभयो । अदालतले कारबाही नगर्ने परमादेश जारी गरेको छ । यो अनौठो र विश्वमै नभएको फैसला हो । अदालतको यो फैसला सवत्र आलोचित भएको छ । एमालेका सांसदहरु सरकारमा हुँदा पार्टीको ह्वीप नलाग्ने भनेको थियो भने सरकार विस्तार भैसकेको हुन्थ्यो । भोलि यो अध्यादेशले कांग्रेस र माओवादीमा पनि असर पर्छ । माओवादीमा अहिले पनि विद्रोहको अवस्था छ । कांग्रेसका शीर्ष नेताहरुले यो अध्यादेशको विरोध गरेका छन् । अध्यादेश कांग्रेसको लागि घाँडो सावित हुनेछ ।’

    नेकपामा हुँदा ओलीलाई अल्पमतमा पार्ने काम प्रचण्ड र माधव नेपालले गरेको पनि स्मरण गराए । उनले भने,‘माधव नेपाल र प्रचण्डले केपी ओली र म लगायतका नेताहरुलाई साधारण सदसयबाट हटाउने काम भयो । केपी ओलीलगायत हामी धेरैलाई निश्काषित गर्ने काम भयो । प्रचण्डले माओवादी केन्द्रमात्रै लग्नुभएन, एमाले पनि फुटाएर लैजानुभयो । नेपालको अदालत, सभामुख सम्बन्धित निकायको पक्षधरताको कारण आज एमाले विभाजनको अवस्था भयो ।’ उनले अहिलेपनि कांग्रेस र माओवादी मिल्दाभन्दा बढि नेकपा (एमाले) एक्लैको ११० संसद्मा सिट संख्या रहेको सुनाए ।  

    उनले माधव नेपाल पक्षमा नगएकाहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने पनि बताए । उनले भने,‘हाम्रो पार्टीका अध्यक्ष केपी कमरेडले पनि यो कुरा गर्नुभएको छ । माधव नेपालहरुले पार्टीलाई गुटबन्दीबाट ध्वस्त पारेर अराजक र अपराधिक काम गर्ने कांग्रेसको पाउमा चढाउने र प्रचण्डको टाङमुनि छिराउन खोजिएको थियो, यो अराजक र अपराधी गुटलाई विदा गरियो । केही केही मान्छेहरु गए । अहिले एमालेभित्र वसन्त ऋतुमा पालुवा पलाएको छ । माधव नेपाल कांग्रेस र माओवादीको मल बन्न जानुभयो । उहाँले गम्भीर अपराध गर्नुभयो । न भुईँमा न भाँडोमा हुनुभयो । प्रचण्ड, देउवा र अग्नि सापकोटाको भूमिका ईतिहासले गम्भीर समिक्षा गर्नेछ ।’

    उनले नेकपा एमाले विधान महाधिवेशन गर्दै जनसंगठन निर्माण र कमिटी निर्माणमा केन्द्रित हुने जनाए । उनले आगामी निर्वाचनमा नेकपा एमाले सशक्त र बहुमतसहित आउने पनि दाबी गरे । उनले भने, ‘हाम्रो अध्यक्षले पनि अब एमाले ५० लाख मतसहित आउनेछ भनेर भन्नुभएको छ । एमालेको विभाजन होईन यो चोईटिएको मात्रै हो । अब माओवादीको ठूलो पँक्ति हाम्रो पार्टीमा प्रवेश गर्नेछ ।’

    माओवादी परित्याग गरी एमालेमा प्रवेश गरको नेताहरुलाई अहिलेपनि उचित भूमिका दिईएको बस्नेतको भनाई छ । उनले भने,‘नयाँ साथीहरुलाई एक्सेप्ट गर्ने र भूमिका दिने कुरामा हाम्रो पार्टी लचक छ । मन्त्री बनाउने सवालमा पनि हिजो माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रविन्द्र श्रेष्ठलाई मन्त्री बनाईयो । अहिले माओवादी परित्याग गरी एमालेमा आएकाहरुलाई अब हुने उपनिर्वाचनमा उहाँहरुलाई नै उठाउने भएका छौं । हाम्रो पार्टीले मित्रवत व्यवहार गर्छ ।’

    भाद्र ५, २०७८ शनिवार ०८:२७:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana