Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

धर्मकर्ममा सक्रिय महेश बस्नेत: आफ्नो निर्वाचन क्षेत्रमा बनाए राधाकृष्ण मन्दिर, विरोधीहरुलाई काउन्टर

धर्मकर्ममा सक्रिय महेश बस्नेत: आफ्नो निर्वाचन क्षेत्रमा बनाए राधाकृष्ण मन्दिर, विरोधीहरुलाई काउन्टर

नेपालपाना भाद्र ५ २०७८
  • 7.5K
    SHARES
  • धर्मकर्ममा सक्रिय महेश बस्नेत: आफ्नो निर्वाचन क्षेत्रमा बनाए राधाकृष्ण मन्दिर, विरोधीहरुलाई काउन्टर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बंगलामुखी मन्दिरको दर्शन गरे । पत्नी आरजुसहित पूजाअर्चना पनि गरे ।

    आरजुले बालुवाटारमा तुलसी रोप्नेदेखि नागस्थान स्थापनासम्म गरिरहेकी छन् । अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली पनि धर्मकर्ममा निकै सक्रिय भए ।

    माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माण घोषणादेखि पशुपतिमा ज्वलरीसम्म ओलीले धर्ममा निकै सक्रियता देखाए ।

    देउवा र ओलीजस्तै एमाले नेता महेश बस्नेत पनि धर्मकर्ममा सक्रिय भएका छन् । बस्नेतले आफ्नै निर्वाचन क्षेत्रमा राधाकृष्ण मन्दिर निर्माण गरेका छन् ।

    गाउँ गाउँमा चर्च बनिरहेका बेला सनातन धर्म जोगाउन बस्नेतको क्षेत्रमा मन्दिर बनेको हो । बस्नेतले शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिका–४ मा निर्माण भएको राधाकृष्ण मन्दिरको उद्घाटन गरे ।

    मन्दिरको उदघाटन गर्दै पूर्वमन्त्री बस्नेतले कोभिड महामारीको बेला जनप्रतिनिधिको भूमिका थप प्रभावकारी हुनुपर्ने बताए । सामान्य समय भन्दा जनप्रतिनिधिले कोभिडको बेलामा विशेष खट्नुपर्ने उनको भनाई थियो ।

    भक्तपुर जिल्लाका जनप्रतिनिधिको क्रियाशीलताको कारण धेरै काम भएको उनले बताए । भक्तपुरमा भूकम्पको कारण क्षति भएका धेरै संरचना निर्माण भइसकेका र केही निर्माणको अन्तिम चरणमा पुगेका उनले बताए ।

    जिल्लाका सबै विद्यालयको पुननिर्माणको काम सकिइसकेको जानकारी दिँदै उनले भने, ‘अब एउटा पनि विद्यालय बन्न बाँकी छैन, सबै बनाइसकेका छौँ ।’ बस्नेतले भक्तपुरमा नयाँ मोडलको विकास प्रारम्भ गरिएको पनि बताए ।

    सामान्यतया विकासले विनाश ल्याउने मान्यता भए पनि भक्तपुरमा त्यसो हुन नदिएको उनले प्रष्ट पारे । विभिन्न सडक करिडोर निर्माणको कारण भक्तपुरमा विकासले फड्को मारेको बस्नेतको भनाई छ ।

    भक्तपुरको राजमार्ग छेउमा मात्र होइन बस्तीका भित्रसम्म विकासले फड्को मारेको बस्नेतको दाबी छ ।

    भाद्र ५, २०७८ शनिवार १३:१५:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana