Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

काबुल विमानस्थलमा अमेरिकी सैनिकले गरेको शिशुको जोखिमपूर्ण उद्धार, जसले संसार हल्लयो, सबैको मन छोयो

काबुल विमानस्थलमा अमेरिकी सैनिकले गरेको शिशुको जोखिमपूर्ण उद्धार, जसले संसार हल्लयो, सबैको मन छोयो

नेपालपाना भाद्र ५ २०७८
  • 9.4K
    SHARES
  • काबुल विमानस्थलमा अमेरिकी सैनिकले गरेको शिशुको जोखिमपूर्ण उद्धार, जसले संसार हल्लयो, सबैको मन छोयो

    काबुल । बिद्रोही तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा अहिले भयपूर्ण वातावरण छ ।

    मानिसहरु तालिवानको कठोर यातनाबाट बच्न देश छोड्न खोजिरहेका छन् । हालसम्म अमेरिकाले १३ हजार मानिसको उद्धार गरिसकेको छ ।

    उद्धारका क्रममा अमेरिकी सैनिकले यस्तोसम्म बाध्यता आयो कि एक जना नवजात शिशुलाई रेस्क्यू गर्नुपर्यो । राजधानी काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा एक अभिभावकले कठोर भएर आफ्नो शिशुलाई अमेरिकी सैनिकको जिम्मा लगाए ।

    यो दृश्यले संसारलाई नै हल्लायो । यो क्षणको भिडियो पनि सार्वजनिक भएको छ । जसमा शिशु तारबारले घेराभित्र रहेका अमेरिकी सैनिकलाई पर्खालबाहिर रहेका अफगानी अभिभावकले उचालेर हस्तान्तरण गरे छन् ।

    शिशुलाई उचालेर एक अमेरिकी सैनिकले अर्काको हातमा दिएका छन् । मानवीयताभन्दा ठूलो केही छैन भनेर अमेरिकी सेनाले ति शिशुको उद्धार गरयो ।

    शुक्रबारको यो घटनामा शिशु रोइरहेको सुनिन्थ्यो । अहिले ती शिशु आफ्नो परिवारको सम्पर्कमा पुगेको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ । उनलाई नर्वेली अस्पतालमा उपचारका लागि राखिएको छ ।

    तालिवानले अफगानिस्तानमाथि नियन्त्रण जमानउ सफल भएपछि अफगानी नागरिकहरु शरणमा विदेशिन खोजिरहेका छन् । यस क्रममा काबुल विमानस्थल केही दिनयता तनावग्रस्त छ ।

    केही दिनअघि विमानस्थलमा झुण्डिएर जान खोज्दा केहीको खसेर ज्यान गएको थियो ।

    भाद्र ५, २०७८ शनिवार १७:३२:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana