Logo

बुधवार, मंसिर १५ गते २०७८

images

वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौं : प्रकाशमान सिंह

वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौं : प्रकाशमान सिंह

नेपालपाना भाद्र ५ २०७८
  • 5.9K
    SHARES
  • वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छानौं : प्रकाशमान सिंह

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले १४औँ महाधिवेशनमा वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताएका छन् । 

    कांग्रेस चन्द्रागिरि नगर समितिद्वारा आज यहाँ आयोजित एकदिने कार्यशाला गोष्ठीमा उनले कांग्रेसलाई भरपर्दो र बलियो पार्टी बनाउन वडा  तहदेखि केन्द्रसम्म सक्षम नेतृत्व छान्नुपर्ने बताए ।

    “विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका व्यक्तिलाई संस्थागतरूपमा नभई व्यक्ति विशेषले क्रियाशील सदस्यता सिफारिस गर्दा पार्टी लथालिङ्ग अवस्थामा पुग्यो”, उनले भने । महाधिवेशन नजिकिँदै गर्दा पार्टी क्रियाशील सदस्यता टुङ्ग्याउन नसक्नु दुःखद् भएको उनको भनाइ थियो ।

    पूर्वमहामन्त्री सिंहले विधि र नियमभन्दा पार्टी बेग्लै अवस्थामा अगाडि बढ्दा अप्ठ्याारो अवस्थामा पुगेको बताए । विधि र नियम पु¥याएकालाई क्रियाशील सदस्यता दिनुपर्ने नेता सिंहको भनाइ थियो ।

    उनले सिंह परिवार त्याग गर्नका लागि मात्र नजन्मिएको भन्दै पार्टीभित्र गरेको सङ्घर्ष र योगदानका आधारमा आगामी महाधिवेशनमा आफू पार्टी सभापति लड्ने स्पष्ट पारे । पार्टी १४औँ महाधिवेशनमा पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउन सकिएन भने कांग्रेस प्रजापरिषद् बन्ने उनको भनाइ थियो ।

    भाद्र ५, २०७८ शनिवार २१:१३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana