Logo

आइतवार, मंसिर १२ गते २०७८

images

स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा

स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा

नेपालपाना भाद्र ६ २०७८
  • 2.9K
    SHARES
  • स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा

    काठमाडौं। विश्वासको मत गुमाउनु भएका स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पार्टी नेतृत्वबाट पनि अलगिने घोषणा गर्नुभएको छ । 

    झण्डै दुई महिना देशको तल्लो सदनमा भएको मतदानमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँले प्रधानमन्त्रीको जिम्मेबारीबाट बिदा लिनुपरेको थियो । उहाँले अब पार्टी नेतृत्वबाट समेत बिदा लिने आइतबार घोषणा गर्नुभएको छ ।

    सोसल डेमोक्र्याट पार्टीको अध्यक्षसमेत रहनुभएका स्टेफनले आगामी नोभेम्बरमा आफूले पार्टीको नेतृत्वदायी भूमिकाबाट अलग हुने घोषणा गर्नुभएको हो । 

    आगामी एक वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई फेरि विजयी गराउनका लागि आफूले जिम्मेवारी त्याग्न लागेको उहाँको भनाइ छ । 

    पार्टीकै एक कार्यक्रममा उहाँले नयाँ नेतृत्वलाई अवसर दिन र पार्टीलाई नयाँ तरिकाले सञ्चालन गर्ने वातावरण बनाउन सहयोग होस् भनेर आफूले पार्टी अध्यक्षबाट पनि राजीनामा दिन लागेको बताउनुभयो ।  

    उहाँको यो निर्णयलाई परिपक्व, जिम्मेवार र नैतिकतापूर्ण भएको भन्दै स्थानीय सञ्चारमाध्यमहरुले महत्वका साथ सकारात्मक तरिकाले सम्प्रेषण गरेका छन् । 

    उहाँले आफू झन्डै १० वर्षदेखि पार्टी अध्यक्ष र सात वर्ष प्रधानमन्त्री भइसकेकाले अब यो श्रृङ्खलालाई अन्त्य गर्नुपर्ने निष्कर्षमा आफू पुगेको पनि उल्लेख गर्नुभएको छ । 

    भाद्र ६, २०७८ आइतवार १९:१६:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana