Logo

शनिवार, मंसिर १७ गते २०७९

अफगानिस्तान : राष्ट्र संघद्वारा तालिबान र अन्य पार्टीहरुलाई संयमता अपनाउन आग्रह

अफगानिस्तान : राष्ट्र संघद्वारा तालिबान र अन्य पार्टीहरुलाई संयमता अपनाउन आग्रह

नेपालपाना भाद्र ७ २०७८
  • 8.1K
    SHARES
  • अफगानिस्तान :  राष्ट्र संघद्वारा तालिबान र अन्य पार्टीहरुलाई संयमता अपनाउन आग्रह

    न्युयोर्क । अफगानिस्तानमा पछिल्लो समय द्रुत गतिमा विकसित स्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तालिबान र अन्य सबै पक्षहरुलाई अत्यन्त संयमता अपनाउन आह्वान गरेका छन् ।

    जीवन रक्षा र मानवतावादी आवश्यकताहरुलाई सम्बोधन गर्ने सुनिश्चितता प्रदान गर्नका लागि संयमता अपनाउनुपर्ने राष्ट्र संघका महासचिवले आग्रह गरेका हुन् । अफगानिस्तानको सरकार ढलेपछि र तालिबानले काबुलमा आफ्नो नियन्त्रण कायम गरेका छन् ।

    अफगानी राष्ट्रपतिले मुलुक छोडेको केही घण्टापछि एक विज्ञप्ति जारी गर्दै गुटेरेसले द्वन्द्वले लाखौंलाई घर छोड्न बाध्य तुल्याएको र त्यहाँ सबैभन्दा धेरै प्रभावित समुदायहरुमा गम्भीर मानव अधिकार हनन र उल्ल्घंन भएकोले संयमताको विकल्प नभएको बताएका छन् ।

    महासचिव गुटेरेसले विशेष गरी महिलाहरु र केटीहरुको भविष्यको बारेमा चिन्ता व्यक्त गरेका छन् । महिलाहरुको अधिकार सुरक्षित हुनुपर्छ । सबै मानिसहरु सम्मानित र सुरक्षित भएको सुनिश्चिता गरिनुपर्ने उनले बताएका छन् ।

    महासचिवले अफगानिस्तानमा सुरक्षा परिषद्को खुला बैठकलाई सम्बोधन गरेका छन् । यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषद सोमबार बिहान अफगानिस्तानको स्थितिबारे छलफल भएको हो ।

    उक्त छलफलका क्रममा अफगानिस्तानमा सहयोगको आवश्यकता बढिरहेको र द्वन्द्व बढ्दै जाँदा परिचालन वातावरण बढी प्रतिबन्धित हुने महासचिव गुटेरेसले जनाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, संयुक्त राष्ट्रसंघ शान्तिपूर्ण बस्तीमा योगदान गर्न, सबै अफगानहरु, विशेष गरी महिला र बालिकाहरुको मानव अधिकारको प्रवर्द्धन गर्न र जीवन बचाउने मानवीय सहायता र खाँचोमा परेका नागरिकहरुलाई महत्वपूर्ण सहयोग प्रदान गर्न कटिबद्ध छ ।

    अफगानिस्तानको राजधानी काबुलमा तालिबान आतंकवादीहरु नियन्त्रण कायम गरेका छन् ।

    देशको राष्ट्रपति अशरफ घानी ताजिकिस्तान भागेपछि राष्ट्रपति भवन तालिबानी समूहले नियन्त्रण लिएका हुन् ।

    भाद्र ७, २०७८ सोमवार १५:२२:१८ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend