Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

अफगानिस्तानमा तालिवानलाई धुरुक्कै रुवायो पंजशीर प्रान्तले, ३ सय तालिवानी लडाकु मारिए

अफगानिस्तानमा तालिवानलाई धुरुक्कै रुवायो पंजशीर प्रान्तले, ३ सय तालिवानी लडाकु मारिए

नेपालपाना भाद्र ७ २०७८
  • 239.7K
    SHARES
  • अफगानिस्तानमा तालिवानलाई धुरुक्कै रुवायो पंजशीर प्रान्तले, ३ सय तालिवानी लडाकु मारिए

    काबुल । तालिवानले राजधानी काबुल सहजै नियन्त्रणमा लिँदा अफगानिस्तानमा चुनौती बनेको प्रान्त हो पंजशीर ।

    पंजशीर प्रान्त नियन्त्रणमा लिन तालिवानले आफ्ना लडाकु पठायो । तर चरणमा पराजित भएको छ । पंजशीर घाटी उपत्यकामा तालिवानलाई ठूलो झड्का लागेको छ ।

    पंजशीरका लडाकुले प्रान्त छिन्न आएका तालिवानी लडाकुमाथि हमला गरेर ३ सयलाई मारेका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतवार राती तालिवानका सयौ लडाकु पंजशीर घाटीतर्फ अघि बढेका थिए । तर नियन्त्रणमा लिन असफल भए ।

    काबुलको उत्तरमा अवस्थित पंजशीर तालिवान विरोधीहरुको गढका रुपमा परिचित छ । जसको नेतृत्व पूर्वमुजाहिदीन कमाण्डर अहमद शाह मसुदका छोरा अहमद मसुदले गरिरहेका छन् ।

    तालिवानले राजधानी काबुल नियन्त्रण लिएपछि सरकारी अधिकारी, सुरक्षाकर्मी र हजारौ मानिस सुरक्षाका लागि पंजशीरतर्फ गएका छन् । र पंजशीर रक्षाका लागि तालिवानसँग मिलेर लड्ने भएका छन् ।

    अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमिरुल्लाह सालेह पनि पंजशीर फौजको साथमा छन् । मसुदको नेतृत्वमा तालिवानी विरोधी बलले तालिवानको सामना गर्न करिब ९ हजार मानिस तयार पारेको बताइएको छ ।

    मसुदले अफगानिस्तानको रक्षाका लागि तयार रहेको र जस्तोसुकै परिस्थितिको सामना गर्ने, रक्तपातमा उत्रिने घोषणा गरेको छ । तालिवान पंजशीरलाई चाँडो नियन्त्रणमा लिएर आफगानिस्तानलाई इस्लामिक राष्ट्र घोषणा गर्ने र सत्ता सञ्चालन गर्ने तयारीमा छ ।

    तर तालिवानलाई पंजशीरले धुरुक्कै रुवाएको छ । पंजशीरका लडाकुलाई शान्त पार्न सकेन भने आफगानिस्तानमा तालिवानलाई सरकार सञ्चालन गर्न कठिन हुने अनुमान गरिएका छन् ।

    भाद्र ७, २०७८ सोमवार १६:४१:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • # तालिवानी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana