Logo

बुधवार, मंसिर १५ गते २०७८

images

परपुरुषको अंगालोमा रंगेहात फेला पारेपछि छोराहरुले विमला वलीमाथि लिए एक्सन

परपुरुषको अंगालोमा रंगेहात फेला पारेपछि छोराहरुले विमला वलीमाथि लिए एक्सन

नेपालपाना भाद्र ७ २०७८
  • 206.0K
    SHARES
  • परपुरुषको अंगालोमा रंगेहात फेला पारेपछि छोराहरुले विमला वलीमाथि लिए एक्सन

    बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशकी सांसद विमला वली चर्चामा छिन् । परपुरुषसँग अंगालोमा बेरिएर चुम्बन गरिरहेको तस्विरले वली चर्चामा आएकी हुन् । पतिको दुर्घटनामा निधन भएको वर्ष दिनपछि नै परपुरुषसँग अंगालोमा बेरिएर सिन्दुरसहित चुम्बन गरेको तस्विरले राजनीति वृत्तमा तहल्का नै पिट्यो । तस्विर सार्वजनिक गर्ने अरु कोही नभएर विमला आबद्ध भएको माओवादीको भातृ संगठन वाइसीएलकै कार्यकर्ता थिए । विमला र ति वाइसीएल कार्यकर्ताको सम्बन्धबारे प्रदेश राजनीति वृत्तमा गाइँगुइ सुनिँदै आएको थियो । तस्विर आएपछि छर्लङ्गै भयो । भलै विमला र वाइसीएल कार्यकर्ताले तस्विर एडिट गरेको, फेसबुक ह्याक भएको बहानाबाजी गरेर ढाकछोपको प्रयास गरे । 

    त्यसो त विमलाको बाह्य सम्बन्धबारे परिवारले नसुनेको होइन । सक्दो नजरअन्दाज गरे । तर अहिले खुल्लम खुल्ला ‘प्यार’ को शैलीमा अन्तरंग तस्विर नै बाहिरिएपछि परिवार पनि सशंकित भएको छ । खासगरी नाबालक छोराहरुको मानसपटलमा ठूलो आघात पारेको छ । बाबु वितेको वर्ष दिनमै आमाको नैतिकहीन तस्विर आउन थालेपछि छोराहरु विमलाविरुद्ध उभिएका छन् । 

    बिरालोले बच्चा कोरलेजसरी पार्टी फेरेर कुरुप राजनीतिको पात्र बनेकी विमलाको परपुरुषसँगको सम्बन्धले भविष्यमा समस्या हुने देखेर छोराहरु चिन्तित बनेका हुन् । त्यसैले उनीहरुले आफ्नै आमा विमलाविरुद्ध मुद्दा मामिलामा उत्रिन बाध्य भएका छन् । भोलि परपुरुषसँगको सम्बन्धलाई औपचारिकता दिँदा आफू विचल्लीमा पर्ने खतरा देखेर छोराहरु समयमै सचेत भएका छन् । त्यसमाथि आमा घर आउन छोडेको चार महिना भइसक्यो । 

    त्यसैले छोराहरु अंश मुद्दा लिएर अदालत पुगेका छन् । जिल्ला अदालत दाङमा १२ र ९ वर्षका दुई छोराले साहिँला बुवा (विमलाका जेठाजु) मार्फत भदौ ३ गते अंश मुद्दा दायर गरेका हुन् ।  

    नाबालक छोराका तर्फबाट मुद्दा दायर गरेका निवेदक अमरबहादुर वलीले विमलाबाट टुहुरा बालबालिकाको सम्पत्ति हिनामिना हुने अवस्था आएकाले त्यसको संरक्षण तथा नाबालकको अधिकारको संरक्षणका लागि पारिवारिक सल्लाहमै निवेदन दिइएको बताए । विमला पछिल्लो समय परिवारकै सम्पर्कमा नभएको र सामाजिक सञ्जालमा आएको आपत्तिजनक तस्विरले आफूहरुलाई गम्भीर बनाएको उनको भनाई छ । 

    परिवारका अन्य सदस्यहरुले पनि पहिला विमलाको सम्बन्धबारे हल्ला सुने पनि तस्विर आएपछि झसंग भएको बताए । विमला राजनीतिक र अनेक सम्बन्धमा व्यस्त भएकाले नाबालक छोराहरुको हेरचाहका लागि आफूहहरु चिन्तित रहेको परिवारका एक सदस्यले बताए । 

    यसबारे विमलाले भने पहिले नै आफ्नो तस्विर इटिड गरेर बदनाम गर्न खोजिएको प्रष्टीकरण दिइसकेकी छन् । आफूविरुद्ध छोराहरुले दिएको मुद्दाबारे भने उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

    भाद्र ७, २०७८ सोमवार १९:४७:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विमला ओलि

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana