Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

कांग्रेसमा रामचन्द्र पौडेलको अर्को बबण्डर, एकातिर प्रतिवेदन बुझ्ने अर्कोतिर देउवालाई अठ्याउने रणनीति

कांग्रेसमा रामचन्द्र पौडेलको अर्को बबण्डर, एकातिर प्रतिवेदन बुझ्ने अर्कोतिर देउवालाई अठ्याउने रणनीति

नेपालपाना भाद्र ८ २०७८
  • 13.0K
    SHARES
  • कांग्रेसमा रामचन्द्र पौडेलको अर्को बबण्डर, एकातिर प्रतिवेदन बुझ्ने अर्कोतिर देउवालाई अठ्याउने रणनीति

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले सोमवार संयुक्त रुपमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझे । क्रियाशील सदस्यता विवाद मिलाउन गठित कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका देउवा र नेता पौडेललाई छानबिन प्रतिवेदन बुझाए । प्रतिवेदन बुझाएसँगै अब कांग्रेसका क्रियाशील सदस्य सबैको नामावली प्रकाशन गर्ने तयारी छ । यसमा पौडेलले नै सहमति जनाएका छन् ।

    तर त्यसको भोलिपल्ट पौडेलले आफ्नो तुष पोखेका छन् । पौडेलले आफू पक्षीय नेतालाई उचालेर सभापति देउवाविरुद्ध धर्ना बस्न लगाएका छन् । क्रियाशील सदस्यता सार्वजनिकको माग गर्न लगाएर पौडेलले आफ्नो समूहका जिल्ला सभापतिहरुलाई पार्टी कार्यालयमा धर्ना बस्न लगाएका हुन् । क्रियाशीलता सदस्यता छानविनका बेला पनि पौडेलले बखेडा झिकेर असहयोग गरेका थिए । एकातिर जसरी पनि महाधिवेशन गराउनुपर्ने र अर्कोतिर विवाद झिकेर लम्ब्याउने काम पौडेलले गरेका थिए । 

    अहिले प्रतिवेदन बुझाइसकेपछि पौडेलले फेरि दु:ख दिने नियतले बखेडा झिकेका छन् । क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर प्रतिवेदन समेत तयार भएर पौडेलले बुझिसकेका बेला उनका समूहका सभापति नियोजित रुपमा सभापतिविरुद्ध उत्रेका छन् । अझ यसमा पौडेल समूहकै ठूला नेताले साथ दिएका छन् । पौडेल समूहका नेताहरु कमला पन्त, गगनकुमार थापा, अर्जुननरसिंह केसी र डा. शेखर कोइरालासहित पुगेर पार्टी कार्यालयमा रमिता देखाउन सघाएका छन् ।

    भाद्र ८, २०७८ मंगलवार १५:०८:३२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana