Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

कोरोना रोक्न भारतको उदाहरणीय सफलता भन्दै डब्ल्युएचओले गर्यो प्रशंसा

कोरोना रोक्न भारतको उदाहरणीय सफलता भन्दै डब्ल्युएचओले गर्यो प्रशंसा

नेपालपाना भाद्र ९ २०७८
  • 4.0K
    SHARES
  • कोरोना रोक्न भारतको उदाहरणीय सफलता भन्दै डब्ल्युएचओले गर्यो प्रशंसा

    विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का प्रमुख वैज्ञानिक डा. सौम्या स्वामीनाथनले भारतमा कोभिड १९ संक्रमण फैलने दर पहिलेको तुलनामा निकै सुस्त भइरहहेको बताएकी छन् । 

    भारतका अब कोभिड १९ महामारी अन्तिम चरणमा रहेको पनि उल्लेख गरेकी छन् । उनले कोभिड संक्रमण नियन्त्रणमा लिने विश्वकै धेरै जनसंख्या भएको भारत उदाहरणीय भन्दै प्रशंसा पनि गरिन् । 

    उनका अनुसार महामारीको असर अब व्यक्ति वा कुनै ठाउँमा मात्र सीमित हुनेछ । यस्तोमा भाइरस पनि कमजोर हुने र मानिसहरुले महामारीबाट बाँच्न सिक्ने छन् । भारतमा दोस्रो लहरपछि संक्रमण तीव्ररुपमा घटेको डब्लुएचओको निष्कर्ष छ । 

    डाक्टर स्वामीनाथनले भारतमा बनेको कोरोना खोप कोभ्याक्सिनलाई डब्ल्युएचओले चाँडै मान्यता दिने विश्वास पनि दिलाइन् । डब्ल्युएचओको प्राविधिक टिमले कोभ्याक्सलाई सेप्टेम्बरको मध्यसम्म स्वीकृतिप्राप्त खोपको दर्जा दिने उनको भनाई छ । 

    डाक्टर स्वामीनाथनले एक अन्तर्वाताका क्रममा २०२२ को अन्त्यसम्म भारतका ७० प्रतिशत जनसंख्याले खोप लगाइसक्ने विश्वास पनि व्यक्त गरिन् । भारतको आकार, जनसंख्या र इम्युनिटी स्ट्याटस हेर्दा संक्रमणका घटना कम–ज्यादा नै भइरहे पनि यसले तात्विक असर नपार्ने उनको भनाई थियो ।

    भाद्र ९, २०७८ बुधवार १५:५८:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana