Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

जनताको करमा माओवादी मन्त्रीको मस्ती : राज्यको ढुकुटीबाट करोडौं लिएर मोबाइलदेखि गाडी किन्दै

जनताको करमा माओवादी मन्त्रीको मस्ती : राज्यको ढुकुटीबाट करोडौं लिएर मोबाइलदेखि गाडी किन्दै

नेपालपाना भाद्र ९ २०७८
  • 5.5K
    SHARES
  • जनताको करमा माओवादी मन्त्रीको मस्ती : राज्यको ढुकुटीबाट करोडौं लिएर मोबाइलदेखि गाडी किन्दै

    जनकपुर । केही महिना अगाडीसम्म प्रदेश २ सरकारभन्दा बाहिर रहेको माओवादी केन्द्रका नेताहरुले प्रदेश सरकारका मन्त्रीहरु विलासितामा केन्द्रित रहेको भन्दै कडा आलोचना गर्दै आइरहेका थिए । विभिन्न मञ्चदेखि सदनसम्म प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई आलोचना गर्ने माओवादी केन्द्र अहिले प्रदेश सरकारमा सहभागी भएको छ । आफै प्रदेश सरकारमा सहभागी भएको केही साता नबित्दै तीनै माओवादी केन्द्रबाट सरकारमा सहभागी सर्वहारा नेताहरुले विलासी सोच प्रदर्शन गर्न लागेका छन् । 

    प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट भरतप्रसाद साह आन्तरिक मामिला तथा संचार मन्त्री छन् भने रुबी कर्णलाई आन्तरिक मामिला तथा संचार राज्य मन्त्रीको जिम्मेबारी दिइएको छ । कहिल्यै प्रदेश सरकारका मन्त्रीहरु जनताको कर र पसिनाबाट जम्मा भएको ढुकुटीको दोहन गरिरहेको आरोप लगाउनै यीनै सर्वहारा नेताहरु अहिले आएर मन्त्रालयसंग गाडी हुँदा हुँदै पनि गाडी किन्नका लागि अर्थ मन्त्रालयसंग करोडौ रुपैयाँको माग गरेका छन् । गाडी खरिद गर्नका लागि करोडौ रुपैयाँ अर्थ मन्त्रालयसंग माग गरेपछि आफूलाई सर्वहाराको नेता कहलाउन रुचाउने मन्त्री साहको विलासी सोच उदांगो भएको छ । 

    श्रोतका अनुसार मन्त्री साहका लागि २ लाख ५० हजार रुपैया मोबाइल खरिदका लागि समेत माग गरिएको छ । 

    ३ वटा गाडी खरिद गर्नका लागि अर्थ मन्त्रालयसंग ३ करोड ७ लाख रुपैयाँ माग गरिएको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुश्वाहाले जानकारी दिए । यद्यपि मन्त्रालयसंग अहिले पनि ८ वटा गाडी रहेको उनले बताए । उनले मोबाइल खरिदका लागि रुपैयाँ माग गरिएको विषयमा अनभिज्ञता प्रकट गरे । 

    अहिले आन्तरिक मामिला तथा संचार मन्त्री साह र राज्य मन्त्री कर्ण दूबै सफारी गाडी चढ्दै आई रहेका छन् । त्यस्तै सचिव वीरेन्द्र यादव टोयटाको रश गाडी प्रयोग गर्दै आई रहेका छन् । यस अतिरिक्त मन्त्रालय एक गाडी पूर्व आन्तरिक मामिला तथा संचार राज्य मन्त्री सरोज कुश्वाहाले अहिलेसम्म गाडी मन्त्रालयलाई जिम्मा लगाएका छैनन् । उनी ह्युण्डायको भेनु गाडी प्रयोग गर्दै आई रहेका छन् । मन्त्रालयसंग यी गाडीहरु बाहेक एउटा स्कर्पियो, एउटा टाटा सुमो र २ वटा पिक अप गाडी गरी कुल ८ वटा गाडी रहेको छ ।

    भाद्र ९, २०७८ बुधवार १८:४२:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २
  • # माओवादी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana