Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

माधव नेपालको पार्टीमा मन्त्रीका लागि मारामार, नबनाए विद्रोह गर्ने चेतावनी

माधव नेपालको पार्टीमा मन्त्रीका लागि मारामार, नबनाए विद्रोह गर्ने चेतावनी

नेपालपाना भाद्र ११ २०७८
  • 4.4K
    SHARES
  • माधव नेपालको पार्टीमा मन्त्रीका लागि मारामार, नबनाए विद्रोह गर्ने चेतावनी

    काठमाडौं । माधव नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी)मा मन्त्री बन्न सांसदहरुको दौडधुप सुरु भएको छ ।  सरकारमा सहभागी भएपछि मात्र पदाधिकारी चयन र संगठन विस्तारको गृहकार्यमा जुटेको पार्टीको भागमा ६ जना मन्त्रीको कोटा परेको छ । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई ६ मन्त्री दिने र आवश्यक परे दुईवटा मन्त्रालय थप्न सकिने बताएपछि पार्टीभित्र मन्त्री बन्ने दौडधुप तीव्र भएको हो ।  मन्त्री बन्ने दौडमा वामदेव गौतम पत्नी तुलसा थापादेखि सांसद नभएका नेतासमेत सहभागी छन् । 

    एकीकृत समाजवादी पार्टीका एक नेताकाअनुसार कलम चिन्ह लिएर स्वतन्त्र हैसियतमा राष्ट्रियसभा सदस्य जितेका खिमलाल देवकोटा पनि मन्त्रीका आकांक्षी हुन् ।  एमाले नेता रामबहादुर थापा (बादल)लाई असहज अवस्थामा पनि हराएकोले यसपटक आफूले मन्त्री पाउनुपर्ने उनको दावी छ । 

    हालसम्म पनि मन्त्री बन्ने पालो नआएका बेदुराम भुषाल, २०४८ सालमै सांसद भएका विरोध खतिवडा र पुराना नेता मुकुन्द न्यौपानेले पनि यसपटक मन्त्री बन्ने इच्छा देखाएका छन् ।  नयाँ पार्टी निर्माणका क्रममा माधव नेपाललाई नजिकवाट सहयोग गरेका मेटमणि चौधरी, केपी ओली खेमा छाडेर पछिल्लो दिन नेपाल खेमामा खुलेका प्रेम आले र किसान श्रेष्ठ पनि मन्त्रीको दौडधुपमा छन् । 

    पार्टीभित्रैको एउटा खेमा नेतृ रामकुमारी झाँक्रीलाई मन्त्री बनाएर पठाउने लविङमा लागिरहेका बेला झाँक्री स्वयंले पनि मन्त्री बन्ने इच्छा देखाएकी छन् ।
    सुदूरपश्चिमबाट निरादेवी जैरुले आफू मन्त्री बन्न पाउनुपर्ने दावी गरेकी छन् भने दलितकोटाबाट मन्त्री बन्न पाउनुपर्ने भन्दै पार्वती विशंखेले लविङ गरिरहेको ती नेता बताउँछन् ।

    सांसदसँगै केही केन्द्रीय सदस्यलेसमेत मन्त्री पदमा आकांक्षा देखाएका कारण नेपालले निकटका नेताहरुसँग कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल गरिरहेको उनको भनाइ छ ।  
    मन्त्री नदिए पार्टी नै छोड्ने धम्की पनि केही नेताहरुले दिइरहेका छन् । उनीहरु मन्त्री पद नपाए एमालेमै फर्किने तयारीमा छन् ।

    भाद्र ११, २०७८ शुक्रवार १२:५०:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा (एकीकृत समाजवादी)

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana