Logo

बुधवार, आश्विन १९ गते २०७९

'चर्च र मस्जिदहरु खोल्ने तर मन्दिर बन्द गर्ने' भन्दै विश्व हिन्दू परिषद् उत्रियो प्रतिवादमा, प्रशासनलाई दियो अल्टिमेटम

'चर्च र मस्जिदहरु खोल्ने तर मन्दिर बन्द गर्ने' भन्दै विश्व हिन्दू परिषद् उत्रियो प्रतिवादमा, प्रशासनलाई दियो अल्टिमेटम

नेपालपाना भाद्र ११ २०७८
  • 22.9K
    SHARES
  • 'चर्च र मस्जिदहरु खोल्ने तर मन्दिर बन्द गर्ने' भन्दै विश्व हिन्दू परिषद् उत्रियो प्रतिवादमा, प्रशासनलाई दियो अल्टिमेटम

    काठमाडौं । विश्व हिन्दू परिषद् नेपालले हिन्दुहरुको आस्थाको केन्द्र भगवान श्री पशुपतिनाथको मन्दिर खुलाउन माग गरेको छ ।

    चर्च र मस्जिदहरु खोल्न दिने तर बहुसंख्यक हिन्दुहरुको आस्थासँग जोडिएको मन्दिर बन्द गर्ने भन्दै परिषदले विरोधसमेत जनाएको छ । मन्दिर यथाशिघ्र खोल्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र पशुपति क्षेत्र विकास कोषलाई ज्ञापन पत्र बुझाएको छ ।

    विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंह, उपाध्यक्ष उद्धव कुमार घिमिरे, संगठन सचिव प्रल्हाद कुमार सहितको टोलीले जिल्ला प्रशासन कार्यालय एवं पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । 'कोरोना महामारीका कारण देशका विभिन्न मन्दिरहरुमा नियमित दर्शन–पूजा बन्द गरिएको छ ।

    कोरोना कहरका कारण हिन्दू धर्मावलम्बीहरुको चाड पर्व पनि प्रभावित भएको अवस्था छ,' ज्ञापनपत्रमा भनिएको छ, यसैबिच हालै देशका विभिन्न ठाउँहरुमा मुस्लिम समुदायले हात–हथियार सहित सुसज्जित भई भीडभाडका साथ पर्व मनाई रहँदा कही कतै प्रशासनद्वारा बाधा अवरोध वा कारवाही गरिएको देखिएन ।

    चर्च र मस्जिदहरू निर्वाधरूपमा खुला गरिएको छ तर हिन्दू धर्माबलम्बीहरूको चाडपर्व तथा धार्मिक स्थलहरुलाई मात्र कोरोना महामारीको बहानामा प्रशासनले बाधा–अवरोध पुर्याई बहुसंख्यक हिन्दू धर्माबलम्बीहरूको आस्थामाथि आघात पुर्याएको छ ।'

    मुलुक बिस्तारै कोभिड १९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा समेत सम्पूर्ण नेपालीहरू आराध्यदेव भगवान श्री पशुपतिनाथको मन्दिरमा पनि हालसम्म नियमित दर्शन–पूजा खुला नगरिनु अत्यन्तै गम्भीर एवं दुखद विषय भएको परिषदले जनाएको छ ।

    pashupatinath_1_page-0001.jpg निश्चित समयसम्म स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको मन्दिर लगायत देशै भरिका मठ-मन्दिरहरुमा समेत नियमित दर्शन–पूजा खुला गर्न आवश्यक व्यवस्था मिलाउन परिषदले सरोकारवाला सम्बन्धित निकायसमक्ष माग गरेको छ ।

    भाद्र ११, २०७८ शुक्रवार १६:१२:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिन्दु

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend