Logo

बुधवार, मंसिर १५ गते २०७८

images

धनगढी पुगेर बाबुरामले भने ‘वर्तमान सरकारले नै निर्वाचन गराउछ’

धनगढी पुगेर बाबुरामले भने ‘वर्तमान सरकारले नै निर्वाचन गराउछ’

नेपालपाना भाद्र ११ २०७८
  • 2.9K
    SHARES
  • धनगढी पुगेर बाबुरामले भने ‘वर्तमान सरकारले नै निर्वाचन गराउछ’

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संविधानअनुसार वर्तमान सरकारले नै निर्वाचन गराउने बताएका छन् । 

    धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धन सरकारले नै आगामी निर्वाचन गराउने बताए ।

    संविधानअनुसार यो सरकार बनेको बताउँदै उहाँले अहिले पनि देशी विदेशी शक्तिहरुको चलखेल भइरहेकाले सावधानी अपनाई समस्या समाधान गर्नुपर्ने बताए । 

    “हामी कसैको प्रभावमा पर्नु हुँदैन”, उनले भने, “आफ्नो समस्या आफैँ हल गरेर अघि बढ्नुको विकल्प छैन ।” उनले प्रतिगमनको खतरा अझै कायम रहेकाले सजग हुनुपर्ने बताए ।

    डा भट्टराई जसपाको सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णयअनुसार सुदूरपश्चिमस्थित धनगढी आएका हुन्। जसपाको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा पार्टीका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

    भाद्र ११, २०७८ शुक्रवार २०:२५:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana