Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

जानकी मन्दिर कुरुप बनाउने अटेरी मुस्लिम मुख्यमन्त्रीको होर्डिङ्ग बोर्ड युवाहरुले हटाइदिए, पब्लिसिटी नगर्न चेतावनी

जानकी मन्दिर कुरुप बनाउने अटेरी मुस्लिम मुख्यमन्त्रीको होर्डिङ्ग बोर्ड युवाहरुले हटाइदिए, पब्लिसिटी नगर्न चेतावनी

नेपालपाना भाद्र १२ २०७८
  • 11.2K
    SHARES
  • जानकी मन्दिर कुरुप बनाउने अटेरी मुस्लिम मुख्यमन्त्रीको होर्डिङ्ग बोर्ड युवाहरुले हटाइदिए, पब्लिसिटी नगर्न चेतावनी

    जनकपुर । विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सिफारिस प्रख्यात जानकी मन्दिर परिसरमा राखिएका होर्डिङ्ग बोर्ड र ब्यानर युवाहरुले हटाइदिएका छन् ।

    मदरसा शिक्षा विधेयक ल्याएर प्रदेश २ लाई मुस्लिम स्टेट बनाउन लागिपरहेका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले हिन्दुहरुको प्रसिद्ध जानकी मन्दिरमा आफ्नो तस्विरसहितको होर्डिङ्ग बोर्ड टाँसेर कुरुप बनाउन खोजेका थिए ।

    मुख्यमन्त्रीको पब्लिसिटी र भाइरल बन्ने चक्करमा राखिएका होर्डिङ्ग बोर्डले मन्दिरको सौन्दर्यतामाथि नै प्रश्न उठेको थियो । यसमा स्थानीय अगुवा युवाहरुले मुख्यमन्त्री राउतको ध्यानाकर्षण पनि गराएका थिए । तर नसुनेपछि युवाहरु प्रतिकारमा उत्रिए । उनीहरुले आफै मन्दिर कुरुप बनाउने होर्डिङ्ग बोर्ड हटाएका छन् ।

    व्यवसायिक र राजनीतिक प्रयोजनका होर्डिङ्ग बोर्डहरु युवा अभियान्ताले हटाइ दिएका हुन् । युवा अभियान्ता सरोज मिश्रले जानकी मन्दिरमा व्यापारिक प्रयोजनको बोर्डहरु लगाएर कुरुप बनाउन खोजिएपछि आफूहरुले हटाएको बताए ।

    शनिबार बिहान जानकी मन्दिर पुगेका युवा अभियान्ताहरुको एक समूहले अनावश्यक पोस्टर पम्पलेटहरु हटाएका छन् । मन्दिरको गरिमाको ख्याल गरि धार्मिक महत्वका मात्र पोस्टर, पम्पलेट र होर्डिङ्ग बोर्ड लगाउन उनीहरुले आग्रह समेत गरेका छन् ।

    आगामी दिनमा धार्मिक नगरि जनकपुरधामको कुनै पनि मठमन्दिरका पर्खालहरुमा व्यवसायिक प्रयोजनका प्रचार प्रसार सामग्री टाँसेमा कानुनी उपचारमा जाने युवाहरुले चेतावनी समेत दिएका छन् ।

    भाद्र १२, २०७८ शनिवार १२:०९:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २
  • # लालबाबु राउत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana