Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

माओवादीका सभामुख सापकोटाविरुद्ध दुई मुद्दा, छिट्टै जेल पठाउने कांग्रेसको तयारी

माओवादीका सभामुख सापकोटाविरुद्ध दुई मुद्दा, छिट्टै जेल पठाउने कांग्रेसको तयारी

नेपालपाना भाद्र १२ २०७८
  • 13.8K
    SHARES
  • माओवादीका सभामुख सापकोटाविरुद्ध दुई मुद्दा, छिट्टै जेल पठाउने कांग्रेसको तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका अग्निप्रसाद सापकोटाले दुइटा मुद्दा खेपिरहेका छन् । पहिलो हो अर्जुन लामा हत्या प्रकरण । यो मुद्दा अदालतमा विचाराधीन छ । 

    अर्को मुद्दा भनेको सरकारी जग्गा कब्जा । सापकोटाको संरक्षणमा विघाका विघा सरकारी जग्गा कीर्ते गरेर जबरजस्ती हडप्ने काम । यो पनि छानविन गर्न खोज्दा सभामुखले नै दबाब दिएर रोकेको पनि चर्चा भएको थियो । 

    यी दुबै मुद्दामा मुछिएका सापकोटा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका खास मान्छे हुन् । तर सापकोटालाई उनको अपराधका लागि जेल पठाउने प्रबन्ध सत्तारुढ कांग्रेसले मिलाउन लागेको छ । सापकोटाको पार्टी माओवादी सत्ता साझेदार दल हो । 

    सापकोटाका प्रतिद्वन्द्वी कांग्रेस नेता मोहन बस्नेतले पाप धुरीबाट कराउन लागेको बताएका छन् । दुबै एकै जिल्ला सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्छन् । 

    हालै बस्नेतले सापकोटाको अपराधको भण्डाफोर गर्दै उनकै कु-कर्मले छिट्टै जेल जाने अवस्था आउन लागेको खुलासा गरे ।

    गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ कर्थलीमा शुक्रबार देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यासका क्रममा बस्नेतले सभामुख सापकोटालाई जेल पठाउने बताएका हुन् । कीर्ते गरेर सरकारी जग्गा हडपेको अभियोगमा सापकोटा जेल जाने उनको भनाइ थियो । 

     ‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो। उहाँलाई अर्जुन लामा हत्या प्रकरण पनि बाँकी छ’, नेता बस्नेतले अगाडि भने, ‘उहाँ (अग्निप्रसाद सापकोटा) बाट धेरै विघा सरकारी जग्गा कीर्ते गरेर जबरजस्ती हडप्ने काम भएको छ।’ उनले सरकारी जमीन सापकोटाको मान्छेको नाममा पास गरिएको पनि जिकिर गरे। सापकोटाले गरेको पाप धुरीबाट कराउने समय आइसकेको पनि उनको भनाइ थियो ।

    सापकोटा संघमा निर्वाचित भएर सभामुख बनेपछि जिल्लाका लागि कुनै सिन्को नभाँचेको पनि उनले जिकिर गरे। 'अग्नि सापकोटाले जिल्लाका लागि सिन्को पनि भाँचेका छैनन्। काभ्रेको अर्जुन लामा हत्या गरेको काण्डमा उनको मुद्धा बाँकी नै छ', उनले भने, 'नेताहरू उहाँ जस्तै अपराधी हुनु भएन।’

    भाद्र १२, २०७८ शनिवार १९:३७:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सभामुख सापकोटा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana