Logo

आइतवार, मंसिर १८ गते २०७९

अध्यक्ष छाड्छु भनेर प्रलोभन देखाउने माधव नेपाललाई योगेश भट्टराईको काउन्टर, आफैंसँग भएकालाई बनाएर देखाउन चुनौती

अध्यक्ष छाड्छु भनेर प्रलोभन देखाउने माधव नेपाललाई योगेश भट्टराईको काउन्टर, आफैंसँग भएकालाई बनाएर देखाउन चुनौती

नेपालपाना भाद्र १३ २०७८
  • 13.4K
    SHARES
  • अध्यक्ष छाड्छु भनेर प्रलोभन देखाउने माधव नेपाललाई योगेश भट्टराईको काउन्टर, आफैंसँग भएकालाई बनाएर देखाउन चुनौती

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई उनकै समूहमा रहेका १० जना प्रभावशाली नेताले साथ दिएनन्। मध्यमार्ग समातेका ति नेताहरुले पार्टी विभाजन हुँदा मुल पार्टी एमालेतिरै लागे । आफ्नो समूहका प्रभाव राख्ने नेताहरु एमालेतिर लागेपछि माधव तुलनात्मक रुपमा कमजोर छन् । बरु एमालेभित्रै समानान्तर गतिविधिमा लाग्दा नेपाल बलियो थिए । पार्टी गठन गर्ने बेला भीम रावलसहितका ति नेताहरुले साथ छाडेपछि माधव विक्षिप्त बनेका छन् । उनी अझै पनि उनीहरुलाई भित्र्याउने कसरतमा छन् । वर्षौ आफ्नो छाया बनेर निकट रहेर काम गरेका नेताहरु केपी ओलीतिर लाग्दा माधवले आफूलाई सम्हाल्न सकेका छैनन् । 

    त्यसैले होला शनिवार माधव नेपालले एमालेतिर गएका नेताहरुलाई फर्काउन प्रयास गरे । त्यसो थियो अध्यक्ष पदको अफर । माधवले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गर्दै नेतृत्व छाड्न तयार रहेको प्रलोभन दिए ।

    ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनी हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाई होइन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो,’ नेपालले भनेका थिए । 

    नेपालले खुलेयाम पार्टी फर्काउन अध्यक्षको प्रलोभन देखाएपछि योगेश भट्टराईले काउन्टर दिएका छन् । विगतमा माधव नेपाल समूहमा रहेर हाल ओलीसँग रहेका भट्टराईले आफैसँग भएका दोस्रो तहका नेताहरुलाई अध्यक्ष बनाएर देखाउन चुनौती दिएका छन् ।  

    दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कुरा सैद्धान्तिक रुपमा राम्रो भएको बताउँदै व्यवहारमै देखाउन चुनौती दिएका हुन् । उनले भनेका छन्, ‘राम्रो कुरा हो, स्वागत गर्दछु ।आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो ।’

    भाद्र १३, २०७८ आइतवार १०:३७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई
  • # माधव नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend