Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

अफगानिस्तानमा अलपत्र बाँकी नेपालीको पनि भारतले उद्धार गर्ने

अफगानिस्तानमा अलपत्र बाँकी नेपालीको पनि भारतले उद्धार गर्ने

नेपालपाना भाद्र १३ २०७८
  • 7.7K
    SHARES
  • अफगानिस्तानमा अलपत्र बाँकी नेपालीको पनि भारतले उद्धार गर्ने

    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा अलपत्र परेका थप नेपाली नागरिकको भारतले उद्धार गर्ने भएको छ ।

    भारतले यसअघि पनि विभिन्न चरणमा नेपालीको उद्धार गरेको थियो । काबुलबाट परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रहेका ३४ जना नेपाली नागरिकलाई भारतले उद्धार गर्ने भएको हो ।

    उनीहरु काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भारतीय नागरिकसँगै गुरुद्धारामा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई उद्धार गरेर स्वदेश फर्काउन भारतसँग परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली राजदूतावासले समन्वय गरेको छ ।

    भारतीय विदेश मन्त्रालय र काबुलस्थित भारतीय दूतावाससँगको समन्वयमा नेपालीहरुलाई भारतीय नागरिक लिन जाने एयरफोर्सको जहाजले उद्धार गरेर दिल्लीसम्म ल्याइदिने तय भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

    सम्पर्कमा रहेका ३४ जना नागरिकलाई भारतीय कुटनीतिक अधिकारीको समन्वयमा सुरक्षित स्थानमा सारिएको थियो । केही दिनमै उद्धार गर्ने तयारी भइरहेको दूतावासले जनाएको छ ।

    भाद्र १३, २०७८ आइतवार १४:१४:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # अफगानिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana