Logo

सोमवार, कार्तिक १ गते २०७८

images

माधव नेपालले नेताहरुलाई ढाँटेर पार्टी खोलेको खुलासा, धोका भएपछि प्रदीप नेपालले छाडे साथ

माधव नेपालले नेताहरुलाई ढाँटेर पार्टी खोलेको खुलासा, धोका भएपछि प्रदीप नेपालले छाडे साथ

नेपालपाना भाद्र १४ २०७८
  • 6.8K
    SHARES
  • माधव नेपालले नेताहरुलाई ढाँटेर पार्टी खोलेको खुलासा, धोका भएपछि प्रदीप नेपालले छाडे साथ

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गरेका छन् । पार्टीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन् ।

    नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले धोका दिएको उनको आरोप छ । 'तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ ।

    बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो,' नेपालले भनेका छन् ।

    प्रदीप नेपालको कुराबाट माधव नेपालले ढाँटेर पार्टी खोलेको तथ्य बाहिर आएको छ । सिद्धान्त र सत्तामा समेत प्रलोभन देखाएर ढाँटेको प्रदीपको कुराबाट खुलेको छ ।

    भाद्र १४, २०७८ सोमवार १५:३९:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा (एकीकृत समाजवादी)

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana