Logo

सोमवार, कार्तिक १ गते २०७८

images

एमालेमा लाग्यो महाधिवेशन, अध्यक्षमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा

एमालेमा लाग्यो महाधिवेशन, अध्यक्षमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा

नेपालपाना भाद्र १४ २०७८
  • 3.3K
    SHARES
  • एमालेमा लाग्यो महाधिवेशन, अध्यक्षमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । एमालेमा महाधिवेशन घोषणा भएलगत्तै सोमवार पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गरेका हुन् । 

    एमालेको १० औं महाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडौंमा हुँदैछ । 

    पोखरेलले आफू दुई पटक महासचिव भइसकेको र तेस्रोपटक हुन विधान नदिने भएकाले अबको स्टेप अध्यक्ष नै भएको बताए । 'मलाई अध्यक्ष पद डिजर्ब गर्छ,' उनले भने । 

    आफू अध्यक्षमा लड्न योग्य भएको र पार्टी पंक्तिको भावनाअनुसार नेतृत्व लिन अग्रसर हुने पोखरेलको भनाई छ ।

    भाद्र १४, २०७८ सोमवार १७:०२:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ईश्वर पोखरेल
  • # नेकपा एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana