Logo

बुधवार, कार्तिक ३ गते २०७८

images

काठमाडौँमा फोहर आतंक भएपछि प्रधानमन्त्रीले नै दिए निर्देशन

काठमाडौँमा फोहर आतंक भएपछि प्रधानमन्त्रीले नै दिए निर्देशन

नेपालपाना भाद्र १४ २०७८
  • 2.5K
    SHARES
  • काठमाडौँमा फोहर आतंक भएपछि प्रधानमन्त्रीले नै दिए निर्देशन

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन् ।

    उनले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताएका थिए ।

    सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौँको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भाद्र १४, २०७८ सोमवार १८:१५:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana