Logo

आइतवार, मंसिर १२ गते २०७८

images

भोलि भागबन्डा बुधबार मन्त्रिपरिषद् विस्तार, कुन दलले कति मन्त्रालय पाउँदैछ ?

भोलि भागबन्डा बुधबार मन्त्रिपरिषद् विस्तार, कुन दलले कति मन्त्रालय पाउँदैछ ?

नेपालपाना भाद्र १४ २०७८
  • 4.6K
    SHARES
  • भोलि भागबन्डा बुधबार मन्त्रिपरिषद् विस्तार, कुन दलले कति मन्त्रालय पाउँदैछ ?

    काठमाडौं। सरकार गठन भएको झण्डै ५० दिनपछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ । भोलि अर्थात मंगलबार पाँच दलीय सत्ता गठबन्धनको बैठकले भागबन्डा मिलाउने भएको हो । 

    मंगलबार सबै मन्त्रालयमा भागबन्डा मिलाएर बुधबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

    मंगलबार सहमति जुटाउने गरी मंगलबार कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य बेदुराम भुसाल, जनता समाजवादी पार्टी ९जसपा०बाट अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई उपस्थित रहने भएका छन् ।

    अहिलेसम्म गठबन्धनमै मन्त्रालयको भागवण्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार ढिलाइ भएको हो। अब, कुन दलको हातमा कति वटा मन्त्रालयहरु पर्छन् भन्नेकुरा भने हेर्न बाँकी रहने छ ।

    भाद्र १४, २०७८ सोमवार २०:२६:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana