Logo

बुधवार, मंसिर १५ गते २०७८

images

आरजुले बाहिर ल्याइन् संस्कृति मास्ने माओवादीको कर्तुत, वर्षौपछि धनगढीमा खुसियाली

आरजुले बाहिर ल्याइन् संस्कृति मास्ने माओवादीको कर्तुत, वर्षौपछि धनगढीमा खुसियाली

नेपालपाना भाद्र १५ २०७८
  • 18.6K
    SHARES
  • आरजुले बाहिर ल्याइन् संस्कृति मास्ने माओवादीको कर्तुत, वर्षौपछि धनगढीमा खुसियाली

    धनगढी । नेपालकी प्रथम महिला डा. आरजु राणा देउवाले नेकपा माओवादी केन्द्रको भण्डाफोर गरेकी छन् । कथित जनयुद्धका नाममा १७ हजार नागरिकको ज्यान लिएको माओवादीले नेपालको परम्परा र संस्कृति पनि मास्ने काम गरेको भन्दै आरजुले आक्रोश पोखेकी हुन् ।

    सनातन धर्म संस्कृतिको रक्षामा अग्रसर प्रथम महिला आरजु अहिले गौरा मनाउन धनगढी पुगेकी छन् । गौरा मनाउने क्रममा आरजुले माओवादीले आफ्नो परिवारका महिलालाई दिएको दु:ख र कर्तुतबारे मुख खोलेकी हुन् ।

    केन्द्रमा सत्ता साझेदार रहेको माओवादीको आरजुले धर्म संस्कृति रक्षाका क्रममा भण्डाफोर गरेकी हुन् । जनयुद्धका नाममा माओवादीले संस्कृत शिक्षा नै मासेको थियो । जसकारण अहिले नेपालमा चरम सांस्कृतिक विचलन आएको छ । विदेशी संस्कृति नक्कल गर्ने र आफ्नो बिर्सिने क्रम बढ्दै गएको छ ।

    यस्तो बेला आरजु धार्मिक जागरण अभियानमा सक्रिय छिन् । उनले हरेक चाड सार्वजनिक रुपमै मनाउने गरेकी छन् । यसैक्रममा उनी धनगढी पुगेर संस्कृति मास्ने अभियानको नेतृत्व गरेको माओवादीको भण्डाफोर गरेकी हुन् ।

    माओवादी कारण आफ्नो परिवारले गाउँमा गौरा मनाउन नपाएको, घर ध्वस्त पारिएको र काठमाडौंमा गुरु (पण्डित) मगाएर मनाउनुपरेको बताउँदै आरजुले माओवादीको कर्तुत बाहिर ल्याएकी हुन् ।

    'परिवारमा परम्पराकालदेखि नै गौरा पर्व मनाउँदै आएका छौं । पहिले देउरानीहरुले पहाडकै घरमा गर्नुहुन्थ्यो । पछि माओवादी कालमा घर पनि ध्वस्त पार्यो । उहाँहरुलाई बस्न गाह्रो भएपछि उहाँहरु विस्थापित भएर यहाँ (धनगढी) बस्नुभएको थियो ।पूजा गर्न गाउँ जानुपर्ने धेरै त्रास थियो । त्यो बेलामा मैले काठमाडौंमा लगेर उतै पूजा गर्ने गरेको थिए,' आरजुले भनिन् ।

    आरजुले परापूर्वकालदेखि चलिआएको संस्कृतिलाई अगाडि बढाउन आफू धनगढी गौरा मनाउन आएको पनि बताइन् ।

    'अहिले यहाँ (धनगढी) घर भएपछि यहाँ मनाउछौं । यहाँका मान्छे अझै रमाउँछन् । त्यहीँ भएर यहाँ आएर मनाउँदैछु । यो हाम्रो इतिहास बोकेको पर्व हो । संस्कृतिलाई अगाडि बढाउन आए । म गौराको व्रत बसेको १६/१७ वर्ष भइसक्यो । नजिक गौरा ल्यायो भनेर भन्दा जेठा दिदीहरु दंग हुनुहुन्छ । मलाई पनि रमाइलो लाग्छ । मेरो गौरा अब सधै यतै हुन्छ । सारिरहनु हुन्न । गुरु पनि यतै बस्नुहुन्छ । परिवारै यहीँ छ । नत्र गुरुलाई पनि उतै लानुपर्थ्यो हामीले । अहिले आउन जान गाह्रो छ । हामी यतै मनाउँछौं,' उनले भनिन् ।

    भाद्र १५, २०७८ मंगलवार ०९:३२:४५ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana