Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

उपेन्द्र यादवलाई 'ठग-दलाल' भन्दै मधेसबाट लखेट्ने प्रचण्डको घोषणा

उपेन्द्र यादवलाई 'ठग-दलाल' भन्दै मधेसबाट लखेट्ने प्रचण्डको घोषणा

नेपालपाना भाद्र १५ २०७८
  • 19.6K
    SHARES
  • उपेन्द्र यादवलाई 'ठग-दलाल' भन्दै मधेसबाट लखेट्ने प्रचण्डको घोषणा

    काठमाडौं । आफूलाई मधेसको मसिहा ठान्छन् उपेन्द्र यादव । अहिले उपेन्द्र जनता समाजवादी पार्टी (जसपा) कब्जा गरेर बसेका छन् ।

    आफ्नै नेतृत्वमा भएको मधेस आन्दोलनले संघीयता र गणतन्त्र, समावेशिता आएको दाबी उपेन्द्रले गर्दै आएका छन् । संघीयता र गणतन्त्र, समावेशितामा माओवादीको पनि छ । आफ्नो जनयुद्धले आएको प्रचण्डको दाबी छ । राजनीतिमा प्रचण्ड र उपेन्द्रको सिद्धान्त कम्युनिस्ट नै हो ।

    उपेन्द्रलाई मधेसतिर मिनी प्रचण्ड पनि भन्ने गरिन्छ । अहिले यी दुई एउटै मोर्चामा छन् । सत्ता गठबन्धनमा सत्ता साझेदारका रुपमा छन् । एकै गठबन्धनमा हुँदा पनि प्रचण्ड उपेन्द्रप्रति एकाएक आक्रामक देखिएका छन् ।

    आफूलाई मधेसको मसिहा मान्ने उपेन्द्रलाई प्रचण्डले ठाडो काउन्टर दिएका छन् । प्रचण्डले मधेसमा उपेन्द्रको दबदबा अन्त्य गर्दै आफ्नो पार्टीले कब्जा जमाउने घोषणा गरेका हुन् ।

    राजनीतिक रुपमा उपेन्द्रलाई मधेसबाट लखेट्ने प्रचण्डको उद्घोष छ । प्रचण्डले उपेन्द्रको नाम नलिइ सांकेतिक रुपमा पत्ता साफ गर्ने योजना सुनाएका हहुन् ।

    सर्लाही-काठमाडौं सम्पर्क समितिको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले कथित मधेशका मसिहाबाट मधेशी जनताको मुक्ति सम्भव नरहेको बताए ।

    मधेसी जनताको अधिकारका निम्ति लडिराख्ने पार्टी माओवादी नै भएको उनको भनाइ थियो । 'माओवादीले मात्रै मधेशी जनतालाई मुक्ति दिलाउन सक्छ। दलालहरू मधेशको मसिहा बनेर लुट्न खोजेका छन् । उनीहरूबाट सावधान भएर बस्नुस्,’ उपेन्द्रतर्फ संकेत गर्दै प्रचण्डले, ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने अब मधेसमा अरू पार्टी हुने छैनन् । माओवादी केन्द्रले कब्जा गर्नेछ ।’

    अध्यक्ष प्रचण्डले माओवादीलाई बदनाम गराउन गौर हत्याकाण्ड गरेर मधेशमा भ्रम छरिएको जिकिर गर्दै त्यस्ता भ्रमलाई चिर्न निर्देशन दिए । प्रदेश २ माओवादीमय नभएसम्म मधेशी जनताले अधिकार पाउन नसक्ने उनको तर्क छ ।

    माओवादीले मत नपाउँदा विगत तीन वर्षको परिणाम सबैले भोगिसकेको भन्दै उनले भने, ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन ।

    दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुस् ।’

    भाद्र १५, २०७८ मंगलवार १०:०८:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # उपेन्द्र यादव

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana