Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

अफगानिस्तानमा तालिबानी समूहद्वारा विदेशी मिडियामा कार्यरत पत्रकार लक्षित हत्या : रिपोर्ट

अफगानिस्तानमा तालिबानी समूहद्वारा विदेशी मिडियामा कार्यरत पत्रकार लक्षित हत्या : रिपोर्ट

नेपालपाना भाद्र १५ २०७८
  • 4.9K
    SHARES
  • अफगानिस्तानमा तालिबानी समूहद्वारा विदेशी मिडियामा कार्यरत पत्रकार लक्षित हत्या : रिपोर्ट

    काबुल । अफगानिस्तानमा पत्रकार र उनीहरुका परिवारहरु गम्भीर खतरामा छन् । तालिबानले विदेशी मिडियाका लागि काम गर्ने पत्रकारहरु लक्षित हत्या गर्ने गरेको खुलासा भएको छ ।

    जर्मन राज्यको स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय प्रसारक डचे वेले वा डीडब्ल्यूले तालिबानी समूहले विदेशी मिडियामा कार्यरत अफगानी पत्रकारहरुको हत्याको योजना बनाएको र त्यसलाई अघि बढाइएको जनाएको छ ।

    काबुलबाट भागेका आफ्नै पत्रकारको मुद्दालाई उद्धृत गर्दै डीडब्ल्यूले तालिबान लडाकुले ती पत्रकारको परिवारका एक सदस्यको हत्या गरेको र अर्का एकजना गम्भीर घाइते भएका छन् । तालिबानी समूहले पश्चिमा मिडियाहरुमा कार्यरत पत्रकारहरुको हत्या गर्नका लागि अफगानिस्तानका घरघरमा खोजि गरिरहेका छन् ।

    ती पत्रकारका अन्य आफन्तहरु भने अन्तिम क्षणमा भाग्न सफल भएका थिए र अहिले फरार छन् । डीडब्ल्यूकाका महानिर्देशक पिटर लिम्बर्गले तालिबानी समूहले पत्रकारमाथि गरिरहेको आक्रमणको कडा निन्दा जारी गर्दै तालिबानी समूहलाई कारबाही गर्न जर्मन सरकारलाई आग्रह गरेका छन्।

    हेरातमा तालिबानले हिजो हाम्रा एक सम्पादकको नजिकका आफन्तको हत्या गरेको छ । उक्त अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दछौ र अफगानिस्तानमा हाम्रा सबै कर्मचारी र उनीहरुका परिवार गम्भीर खतरामा रहेका छन् ।

    राजधानी काबुल र अन्य प्रान्तहरुमा पत्रकारहरुको संगठित खोजी भइरहेको छ, डीडब्ल्यूले भने। पछिल्लो केहि दिन र हप्ताको घटनाहरुले स्पष्ट पारेको छ । तालिबानले कम्तीमा तीन डीडब्ल्यू पत्रकारको घरमा छापा मारेको छ, निजी टेलिभिजन स्टेशनमा तोडफोड गरेको छ ।

    एक टेलिभिजन च्यानल घरघास्तका नेमतुल्लाह हेमतलाई अपहरण गरेको निजी रेडियो स्टेशन पक्तिया घाग रेडियोका प्रमुख तुफान ओमरले जनाएका छन् । सरकारी अधिकारीहरुलाई लक्षित गरी तालिबान लडाकुहरुद्वारा गोली हानी हत्या गरिएको प्रतिवेदनमा भनिएको छ ।

    तालिबानले अफगानिस्तानको पूर्वी शहर जलालाबादमा सडकको ठीक छेउमा अगस्ट २ मा जर्मनीको डाइ जेट अखबारका अनुवादक अमदादुल्लाह हमदर्दसहित दुई जनालाई गोली हानी हत्या गरेको थियो । एक महिना अघि भारतका प्रसिद्ध फोटो पत्रकार तथा पुलित्जर पुरस्कार विजेता दानिश सिद्दीकीको तालिवानले कान्दाहारमा हत्या गरेका थिए ।

    अफगानिस्तानमा रहेको विदेशी मिडियामा कार्यरत पत्रकारहरुको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग पहल गरिएको छ । उनीहरुलाई सुरक्षा प्रदान गर्नु मुल दायित्व भएकोले जिम्मेवार बन्न पनि आग्रह गरिएको छ ।

    भाद्र १५, २०७८ मंगलवार १०:२६:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • # तालिवानी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana