Logo

आइतवार, मंसिर १२ गते २०७८

images

कांग्रेस वडा अधिवेशनले ततायो माहोल, काठमाडौं छोड्ने ह्वात्तै बढे

कांग्रेस वडा अधिवेशनले ततायो माहोल, काठमाडौं छोड्ने ह्वात्तै बढे

नेपालपाना भाद्र १५ २०७८
  • 8.8K
    SHARES
  • कांग्रेस वडा अधिवेशनले ततायो माहोल, काठमाडौं छोड्ने ह्वात्तै बढे

    काठमाडौं। नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ । 

    पार्टीको विधानअनुसार चार वर्षमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि संविधानअनुसार पाँच वर्ष छ महिनापछि हुन लागेको महाधिवेशनमा भाग लिन उपत्यका छोडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको हो । राजधानीमा विभिन्न पेसा व्यवसाय गरेर बसेका व्यक्ति पार्टीको लामो समयपछि हुन लागेको महाधिवेशनमा भाग लिन गाउँ हिँडेका हुन् । 

    विसं २००३ मा स्थापना भएको कांग्रेसले विभिन्न आरोह अवरोह पार गर्दै भदौ १८ देखि १४ औँ महाधिवेशनका लागि वडा अधिवेशन गर्न लागेको छ । विसं २००३ को मजदुर आन्दोलन, २००७ सालको प्रजातन्त्र स्थापना, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र स्थापना, २०६२÷०६३ को जनआन्दोलनको नेतृत्व गरेको कांग्रेसको महाधिवेशनलाई देश तथा विदेशमा महत्वका साथ हेरिएको छ । 

    संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसको विसं २०७२ फागुनमा पार्टीको १३ औँ महाधिवेशन सम्पन्न गरेको थियो । उक्त महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस गोरखाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी कांग्रेसको वडा, पालिका हुँदै जिल्ला अधिवेशनमा भाग लिनका लागि एक हप्ता पहिल्यै गोरखा पुगिसक्नुभएको छ । 

    “वडादेखि पालिका हुँदै जिल्ला तहसम्म सर्वसम्मत नेतृत्व तथा प्रतिनिधि चयनका गर्नुपर्छ भन्ने मान्यताका साथ म अहिले गाउँगाउँमा हिँडेको छु”, उहाँले भन्नुभयो । नेतृत्व छनोटका विषयलाई जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर हुने भएकाले सर्वसम्मत नेतृत्व निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ छ । 

    भाद्र १५, २०७८ मंगलवार १९:१५:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana